ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पश्चिमाञ्चल अस्पतालमा सेनिटाइजर टनेल : ५ सेकेन्डमा होलबडी सेनिटाइज हुने

२०७७ बैशाख, ८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

वैशाख ८, कास्की । कोरोना भाइरसको संक्रमण रोक्नका लागि पोखरा महानगरपालिकाले पोखराका विभिन्न ठाउँमा स्वचालित सेनिटाइजर टनेल सञ्चालनमा ल्याएको छ ।

महानगरले यसै क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पूर्व पट्टीको गेटमा स्वचालित सेनिटाइजर टनेल जडान गरेको छ । 

प्रोगेसिभ इन्जिनियर्स एशोसिएशन गण्डकीले उक्त सेनिटाइजर टनेल निर्माण गरेको हो । उक्त टनेलको प्रतिनिधि सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले सोमवार शुभारम्भ गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर बुद्धिबहादुर थापालाई हस्तान्तरण गरेका हुन् । 

कार्यक्रममा बोल्दै सांसद अधिकारीले प्रोगेसिभ इन्जिनियर्स एशोसिएशनले गरेको यस कार्य प्रशंसनीय रहेको बताए । उनले इन्जिनियरहरुले नयाँ खोज र अनुसन्धना गर्नुपर्ने बताउँदै कोरोना रोकथाममा प्रविधिको प्रयोगलाई जोड दिन आग्रह गरे । 

पोखरा स्वपास्थ्य विज्ञान प्रतिष्ठाका उपकुलपति डाक्टर बुद्धिबहादुर थापाले सेनिटाइजर टनेलले अस्पतालमा कोरोनाको संक्रमण फैलिन नदिन सहयोग पुर्‍याउने बताउँदै यसको संरक्षणमा प्रतिष्ठानले ध्यान दिने बताए । 

५ सेकेन्डमा होलबडीलाई सेनिटाइज गरिसक्ने स्वाचालित सेनिटाइजर टनेल रू. १ लाख ५० हजारमा तयार गरिएको हो । एशोसिएशनका इन्जिनियरले प्राविधिक शिक्षाको उपयोग गरी टनेल निर्माण गरेको एशोसिएशनका सचिव इन्जिनियर सुरेश तिमिल्सेनाले बताए । 
  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)