ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखराका युवाले थाले भोकालाई खाना खुवाउने अभियान

३ दिनमा २ हजारलाई खाना

२०७७ बैशाख, ८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

वैशाख ८, कास्की । लकडाउनका कारण समस्यामा परेर खाना खान नपाएकालाई पोखराका युवाहरूले निःशुल्क खाना खुवाउन थालेका छन् । केही पोखरलेली युवाहरूको संलग्नतामा पौरखी स्वयम्सेवक समूह बनाएर खान नपाएका विपन्नलाई खाना पकाएर घरसम्मै निःशुल्क पु¥याइदिने गरेका छन् ।

उनीहरूले ३ दिनमा करीब २ हजारलाई खाना खुवाइसकेका छन् । सडकमा बस्दै आएका, घरमा खाने कुरा नभएर भोकै बस्नुपर्ने अवस्था आएका, हिँडेर गन्तव्य जादै गरेकालाई खाना दिने गरेका छन्  । युवाहरूले खाना पकाएर प्याकिङ गरेर खाना पु¥याउने गरेका छन् ।

पोखरा–७ शान्ति नगरमा रहेको शान्तिनगर ब्यांक्वेटमा खाना पकाउने गरिएको उनीहरूले बताएका छन् । खाना प्याक गरेर खाना नपाएको खबर आएपछि सोही ठाउँका स्थानी र जनप्रतिनिधिसँग समन्वय गरेर खाना पु¥याउन गरिएको पौरखी स्वयम्सेवक समूहका जनक पराजुलीले बताए । पहिलो चरणमा आफूहरूले नै नगद उठाएर बिहान र बेलुकाको खानाको प्रबन्ध गरेको उनको भनाइ छ ।

घरमा चुल्हो बल्नै छाडेको अवस्थामा समुहका सदस्यलाई टेलिफोन वा अन्य कुनै माध्यमले सम्पर्क गर्नेहरूलाई उनीहरू भएकै ठाउँमा खाना पु¥याउने गरिएको स्वयम सेवी समूहका अर्का सदस्य राजु शर्माले बताए । बिहान ८ बजेदेखि १० बजेसम्म साँझ ५ बजेदेखि खाना पु¥याइदिने गरेको उनले जानकारी दिए । पोखरा महानगरमा खानाका लागि ९८५६०२५४९६, ९८५६०३५०५२, ९८५६०७८६४९, ९८५६०३६१७५, ९८५६०३६७३३, ९८५६०५८२८८ मा सम्पर्क गर्न सकिनेछ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)