ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्तत : ५० % पारिश्रमिक दिन निजी क्षेत्रका छाता संगठन सहमत

२०७७ बैशाख, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

वैशाख ८, काठमाडौं । लकडाउनका कारण बन्द भएका उद्योग प्रतिष्ठानले अन्तत : त्यहाँ कार्यरत कर्मचारी तथा श्रमिकलाई ५० प्रतिशत पारिश्रमिक दिने सहमती गरेका छन् ।
 

विगत १०/ ११ दिनदेखि निरन्तर छलफलमा रहेका निजी क्षेत्रका तीनओटै संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघ (सिएनआई) ले उद्योग प्रतिष्ठानमा कार्यरत रहेका कर्मचारी तथा श्रमिकलाई साविकको पारिश्रमिकको आधा हिस्सा अर्थात् ५० प्रतिशत पारिश्रमिक दिन सहमत गरेका हुन्  ।

 परिसंघका उपाध्यक्ष राजेश अग्रवालले पारिश्रमिकका विषयमा निर्णय भइसकेको भन्दै सोमवार श्रम र उद्योगमन्त्रीलाई पारिश्रमिक ५० प्रतिशत दिने प्रस्ताव बुझाएको जानकारी दिए । 

उनले अहिले रोजगारदाताको पक्षबाट मात्रै सहमति भएर यो प्रस्ताव पेश गरिएको र अब मजदूर संगठनहरुसँग पनि छलफल हुने जानकारी आर्थिक अभियानलाई दिए । महासंघअन्तर्गत रहेको रोजगारदाता परिषद्ले लकडाउनका कारण बन्द रहेका उद्योगहरुमा आश्रित श्रमिक तथा कर्मचारीलाई कसरी तलब व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गर्दै आएको थियो । 

त्यसो त मजदूरहरुका छाता संगठनहरुले पनि रोजगारदाता र श्रमिकको सहमतिमा पारिश्रमिक निर्धारण तय गर्न सुझाव दिदैं आएका छन् भने लकडाउनका अवधिमा मजदुरहरुलाई संकटमा नपार्न पनि उनीहरुले सुझाव दिदैं आएका छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)