ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राजनीतिक दल विभाजनसम्वन्धि अध्यादेशपछि नेकपा केन्द्रीय सचिवालय बैठक शुरु

२०७७ बैशाख, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

वैशाख ८, काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री एवं सत्तारुढ दल नेपपाका अध्यक्ष केपी शर्मा ओलीले  प्रधानमन्त्री निवास बाटुवाटारमा आकस्मिक बैठक बोलाएका हुन् ।

आजै दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दल विभाजनसम्वन्धि अध्यादेश लल्याउने निर्णय गरेसँगै बस्न लागेको सचिवालयको बैठकका विषयले राजनीतक वृतमा तरङ्ग ल्याएको छ । 

मुलुक कोरोना महामारीको  विरुद्धको लडिरहेको समयमा एकाएक आएको यो विधेयक आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । मन्त्रिपरिषदमा पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्नेगरी कानून ल्याउने प्रस्ताव पास गरिएको बालुवाटार स्रोतले जानकारी दिएको छ । 

यसअघि पार्टी विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवैमा ४०/ ४० प्रतिशत मत आवश्यक पर्ने व्यवस्था थियो । पछिल्लो प्रस्ताव अनुसार राजनीतिक दल सम्वन्धि विद्यमान व्यवस्थामा कुनै एकमा ४० प्रतिशत बहुमत भएपछि पाटी विभाजन गरेर राजनीतिक दल दर्ता गर्न सकिने छ । उक्त प्रस्ताव स्वयं प्रधानमन्त्री ओलीबाट आएको र मन्त्रीपरिषदले पारित गरेपछि  राजनीतिक माहौल तरंंगित भएको हो । 

पार्टी एकीकरणका समयमा अन्य दलहरुलाई व्यंग गर्ने क्रममा अध्यक्ष ओलीले नेकपा फुच्चे प्लेन नभएको र वाइडबडि उडाउन दुई पाइलट चाहिने भन्दै आफु र अर्का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) लाई अर्को पाइलटको उपमा दिएका थिए ।

यद्यपि पछिल्लो समय नेकपाभित्र दुई पाइलट (अध्यक्ष) बीच अन्तर संघर्ष चलिरहेको स्पष्ट देखिएको संकेत देखिएको थियो ।
 
प्रचण्डले कोरोना भाइरस संक्रमण रोकथामका लागि सर्वदलीय संयन्त्र आवश्यक रहेको सार्वजनिक अभिव्यक्ति दिएपछि अध्यक्ष ओलीले संक्रमण रोकथामका लागि दुई  तिहाइ बहुमतको सरकार आफै सक्षम रहको बताएका थिए ।

 त्यसपछि यो बाहेक पनि प्रचण्डले सरकारले गर्ने निर्णयमा ओलीले आफूसँग कुनै छलफल नै नगर्ने गरेको गुनासो गर्दै आएका थिए ।

नेकपा भित्र अध्यक्ष प्रचण्ड, पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व महासचिव तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतम लगायतले भूमिकाका विषयमा पार्टी भित्र असन्तुष्टी गर्दै आएको स्रोतले बताएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)