ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनको अवधिमा सासु कोषमा करीब ४ हजार श्रमिक थपिए

२०७७ बैशाख, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

वैशाख ८, काठमाडौं  । सरकारले गत वर्षबाट ल्याएको सामाजिक सुरक्षा कोष कार्यक्रममा कोरोना नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनको अवधिमा विभिन्न प्रतिष्ठानमा कार्यरत ४ हजार योगदानकर्ता (श्रमिक) सूचीकृत भएका छन् ।

कोषका अनुसार भवितव्य जोखिम बहन र पेन्सनसहितको अवधारणका साथ सरकारले लागू गरेको सामाजिक सुरक्षा कार्यक्रममा लकडाउनको बीचमा योगदानकर्ता सूचीकृत हुनेको संख्या बढेको हो ।

कोषमा आबद्ध श्रमिकका लागि सरकारले राहतका कार्यक्रम ल्याएपछि पछिल्लो समय आकर्षण ह्वात्तै बढेको कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले बताए ।

लकडाउनका कारण प्रभावित क्षेत्रहरुकालागि राहत प्रदान गर्ने कार्ययोजनामा सामाजिक सुरक्षा कोषमा आवद्ध रोजगारदाता र तिनमा कार्यरत श्रमिक तथा कर्मचारीले योगदान गर्नुपर्ने रकम सामाजिक सुरक्षा कोषमा सरकार आफैले जम्मा गर्ने निर्णय गरेको थियो । 

चैत्र महीनामा लकडाउनका कारण उद्योगधन्दा तथा कलकारखाना प्रभावित भएपछि सरकारले उक्त महीनाको योगदानकर्ताले जम्मा गर्नुपर्ने रकम जम्मा गरिदिने निर्णय गरेको थियो । उक्त रकम कोषमा जम्मा हुने प्रक्रियामा रहेको कोषले बताएको छ । 

निर्देशक ज्ञवालीले कोषमा आबद्ध हुने रोजगारदाताको संख्या उल्लेखनीय रुपमा नबढेपनि योगदानकर्ता सूचीकृत हुने क्रम बढेको बताए । उनका अनुसार आइतवारसम्ममा १२ हजार ३२८ प्रतिष्ठानका १ लाख ५६ हजार ८५० श्रमिकहरु सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन् । 

लकडाउन हुनुअघि १ लाख ५३ हजार मात्रै कोषमा आबद्ध थिए । दैनिक १६ देखि २० लाखको हाराहारीमा योगदानकर्ताले कोषमा रकम जम्मा गरिरहेको कोषले बताएको छ । 

योगदानमा आधारित कोषमा आवद्ध भएका श्रमिक तथा कर्मचारी र आश्रित परिवारले उपचार खर्च, दुर्घटना बीमा, अवकासपछि पेन्सन र कार्यरत अवस्थामै मृत्यु भएमा पेन्सन या उपदान सुविधा पाउने कानूनी व्यवस्था छ । कोषमा श्रमिक तथा कर्मचारीको न्यूनतम मासिक तलबबाट ११ प्रतिशत, निजी तथा गैरसरकारी क्षेत्रका रोजगारदाताका तर्फबाट २० प्रतिशत गरी ३१ प्रतिशत रकम जम्मा गर्नुपर्छ ।  

कोषका अनुसार अन्नपूर्ण, हायात रिजेन्सी, याक एन्ड यति,  र्‍याडिसनजस्ता पँचतारे होटलसहितका विभिन्न रोजगारदाता कम्पनी र तिनमा कार्यरत श्रमिक तथा कर्मचारी समेत कोषमा आबद्ध हुने क्रम बढेको कोषले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)