ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखराका युवाद्वारा निःशुल्क खाना अभियान, तीन दिनमा २ हजारलाई खाना 

२०७७ बैशाख, ८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

वैशाख ८, कास्की । लकडाउनका कारण समस्यामा परेर खाना खान नपाएकालाई पोखराका युवाहरुले निःशुल्क खाना खुवाउन थालेका छन् । केही पोखरेली युवाहरुको संलग्नतामा पौरखी स्वयम सेवकहरुले समूह बनाएर खान नपाएका विपन्नलाई खाना पकाएर घरसम्म नै निःशुल्क पुर्‍याइदिने गरेका छन् ।

उनीहरुले तीन दिनमा करीब २ हजारलाई खाना खुवाइसकेका छन् । उनीहरुले सडकमा बस्दै आएका, घरमा खाने कुरा नभएर भोकै बस्नु पर्ने अवस्था आएका, हिडेर गन्तव्य जादैँ गरेकालाई खाना दिने गरेका छन्  । युवाहरुले खाना पकाएर प्याकिङ्ग गरेर खाना पुर्‍याउने गरेका छन् । 

पोखरा ७ शान्ति नगरमा रहेको शान्तिनगर ब्यांक्वेटमा खाना पकाउने गरिएको उनीहरुले बताएका छन् । खाना प्याक गरेर खाना नपाएको खबर आए पछि सोही ठाउँका स्थानी र जनप्रतिनिधि सँग समन्वय गरेर खाना पुर्‍याउने गरिएको पौरखी स्वयम सेवक समूहका जनक पराजुलीले बताए । पहिलो चरणमा आफूहरुले नै नगद उठाएर बिहान र बेलुकाको खानाको प्रबन्ध गरेको उनले बताए ।

घरमा चुल्हो बल्नै छाडेको अवस्थामा समूहका सदस्यलाई टेलिफोन वा अन्य कुनै माध्यमले सम्पर्क गर्नेहरुलाई उनीहरु भएकै ठाउँमा खाना पुर्‍याउने गरिएको स्वयम सेवी समुहका अर्का सदस्य राजु शर्माले बताए ।

उनले बिहान ८ बजेदेखि १० बजेसम्म साँझ ५ बजेदेखि खाना पुर्‍याइदिने गरेको बताए । उनले खानाका प्याकेटमा दाल, भात, अचार र तरकारी सहित प्याकिङ्ग गरिने गरेको बताए ।

‘यस लकडाउनको अवधिमा कोही भोकै बस्न नपरोस् भनेर खाना खुवाउने काम थालेका हौ,’ अर्का सदस्य विष्णु प्रसाद पौडेलले भने ‘धेरै जना भोक भोकै परेको सुनेपछि यो अभियान शुरु गरेका हौँ ।’ उनले कामका लागि सहयोगी दाता र सहयोगी मन दिन दिनै थपिदै गएको बताए । 

शनिवार बिहानबाट शुरु भएको अभियानमा तीन दिन सम्ममा १ हजार ९११ जनालाई खाना निःशुल्क पुर्‍याइसकेको समूहका अर्का सदस्य खेमराज तिमिल्सिनाले बताए । उनले शनिवार बिहान बेलुका गरे ३११ जना, आइतवार बिहान बेलुका ९४५ र सोमवार बिहान मात्रै ६५५ जनालाई खाना पुर्‍याएको बताए ।

लकडाउनका कारण खाद्यान्न अभाव भई चुल्हो नबल्ने अवस्था भएका अति विपन्न, दैनिक ज्यालामजदूरी गर्ने वर्ग र जोखिममा रहेका व्यक्तिहरुलाई आवश्यकताका आधारमा वडा कार्यालयको समन्वयमा खाना खुवाउने व्यवस्था गरेको उनले बताए । पोखरा महानगरमा खानाको लागि ९८५६०२५४९६, ९८५६०३५०५२, ९८५६०७८६४९, ९८५६०३६१७५, ९८५६०३६७३३, ९८५६०५८२८८ मा सम्पर्क गर्न सकिनेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)