ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चीनबाट स्वास्थ्य सामग्री ल्याउन २ अर्ब २६ करोड भुक्तानी

पीपीईसहित १४ लाख थान स्वास्थ्य सामग्री १० दिनभित्र ल्याइदैं

२०७७ बैशाख, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

वैशाख ९, काठमाडौं । कोरोना रोकथाम तथा उपचारका लागि सरकार—सरकार (जिटूजी) माध्यमबाट स्वास्थ्य सामग्री तथा औषधि ल्याउने जिम्मा पाएको नेपाली सेनाले चीनवाट यी सामाग्री ल्याउनका रू. २ अर्ब २६ करोड (१ करोड ८४ लाख ४१ हजार अमेरिकी डलर) रकम भुक्तानी गरेको छ ।

आइतवार नेपाली सेनाले चीनको साइनोफार्म कर्पाेरेशनलाई उक्त रकम भुक्तानी गरेसँगै अबको १० दिनभित्रमा ती सामग्रीहरु नेपाल ल्याउने निश्चित भएको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले १० दिनभित्रमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), कोरोना परिक्षण गर्ने किट र ग्लोब्स गरी १४ लाख २१ हजार थान स्वास्थ्य सामग्री ल्याउने जानकारी दिए । नेपालमा अत्यधिक माग भएका स्वास्थ्य उपकरणमध्ये पहिलो चरणमा पीपीई २ लाख थान, टेष्टिङ किट २१ हजार थान र ग्लोब्स १२ लाख थान ल्याउने तयारी भएको पाण्डेले बताए । 

गत चैत १६ गतेको मन्त्रिपरिषद्ले स्वास्थ्य सामग्री र औषधि खरीदको जिम्मा सेनालाई दिएको ३ हप्तापछि चीनबाट ती सामग्री ल्याउनका लागि रकम भुक्तानी गरिएको छ । यद्यपि भारतले ५३ थरी औषधि दिने जानकारी गराए पनि त्यसका लागि कति बजेट भुक्तानी गर्नुपर्ने हो भन्ने विषयमा जानकारी नगराएको प्रवक्ता पाण्डेले बताए ।

 ‘पहिलो चरणमा चिनबाट ल्याइने ती सामग्रीहरु जहाजबाट ल्याउने तर, अन्य दोस्रो चरणमा ल्याइने सामग्रीहरु भने नेपालमा कोरोना संक्रमणको अवस्था कस्तो स्थितिमा रहन्छ, भन्ने आधारलाई हेरी स्थलमार्गबाट वा हवाईबाट ल्याउने टुंगो लाग्नेछ,’ उनले बताए । 

चीनले नेपाललाई ती सामाग्रीहरु क्वान्चाउमा उपलब्ध गराउने र त्यहाबाट सेनाले नेपाल ल्याउनेछ । 
सरकारले सेनालाई ती स्वास्थ्य सामग्री खरीद गर्ने जिम्मा दिएसँगै जीटूजी प्रक्रियाबाट विभिन्न पाँच देश छनोट गरी ३९६ प्रकारका सामग्री खरीद गर्ने सूची बनाइएको थियो । 

तर अहिलेसम्म जम्मा चीनबाट मात्रै स्वास्थ्य सामग्री ल्याउने निश्चित भएको छ, भने भारतबाट पनि औषधि ल्याउने तय भएको छ । तर दक्षिण कोरिया, सिंगापुर र इजरायलले भने प्रतिक्रिया दिएका छैनन् । यद्यपि दक्षिण कोरियाले भने कम्पनीको मात्रै नाम नेपाललाई उपलब्ध गराएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)