ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीमा डेंगी र स्क्रब्टाइपस संक्रमित बिरामी फेला परे

२०७७ बैशाख, १०  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी १० बैशाख, विश्व नै कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट आक्रान्त भइरहेको अवस्थामा हिमाली जिल्ला म्याग्दीमा भने डेंगी र स्क्रब्टाइपसको संक्रमित विरामी देखिएका छन् । उच्च ज्वरो आउने, शरिरमा जाडो हुने र जोर्नी दुख्न थालेपछि चेकजाँच गर्ने क्रममा यहाँका एक युवामा डेंगीको संक्रमण भेटिएको बेनी अस्पताल म्याग्दीले बताएको छ ।

मंगला गाउँपालिका–५, अर्मनका ३२ वर्षीय युवामा उच्च ज्वरो आउने, जोर्नी दुख्ने तथा जाडो हुने जस्ता लक्षणहरू देखिएपछि ल्याब परीक्षण गर्दा डेंगुरोग र स्क्रब्टाइपसको संक्रमण पोजिटिभ देखिएको बेनी अस्पतालका मेडिकल अधिकृत डा. अजय गौतमले बताए । १०४ डिग्री फरेनहाइटसम्म ज्वरो आएको ती युवाको अहिले चिकित्सकको निगरानीमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको डा. गौतमले बताए ।
गर्मी मौसम बढ्दै जादा म्याग्दीमा डेंगीको पहिलो बिरामी भेटिएको हो । एडिज एजिप्टाई नामको पोथी लामखुट्टेले एकबाट अर्को व्यक्तिलाई टोकेर डेंगीको संक्रमण हुन्छ ।

गतवर्ष म्याग्दीमा १२ जनामा डेंगीरोग तथा एक महीलामा स्क्रब्टाइपसको संक्रमण भएको थियो । दुवै रोगबाट उच्च ज्वरो आउने लगायत लक्षण देखिने भएकाले पनि अहिलेको कोरोनाको आशंकाले त्रसित हुने गरेका छन् । डेंगी र स्क्रब्टाइपस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएकाले सतर्कता अपनाउनुपर्ने चिकित्सकको सुझाव छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)