ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरा महानगरको कोषमा रोड शोको ५ लाख ५५ हजार सहयोग

२०७७ बैशाख, १०  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

वैशाख १०, कास्की । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । महानगरको कोषमा बुधवार रोड सो कस्ट्रक्सन प्रालिले रू.५ लाख ५५ हजार सहयोग गरेको छ ।

रोड शो प्रालिका अध्यक्ष कालु गुरुङले उक्त रकम बराबरको चेक पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गरेका हुन् । महानगरले थालेको कोरोना रोकथाम नियन्त्रण र जोखिममा परेका नागरिकलाई सहयोग गर्न महानगरले थालेको अभियानमा रोड शोले सहयोग गरेकोमा जिसीले धन्यवाद दिए । यसैगरी आमा मिलन बचत तथा ऋण सहकारी संस्थाले ५५ हजार सहयोग गरेको छ ।

सहकारीका अध्यक्ष कृष्णबहादुर थापा क्षेत्री, सल्लाहाकार इन्दिरा पौडेल, कोषाध्यक्ष गोविन्द तुलाचन र सहकारी प्रबन्ध निर्देशक धु्रवराज पौडेलको टोलीले महानगर प्रमुख जिसीलाई चेक हस्तान्तरण गरेका हुन् ।

पोखरा पञ्चकोशी आर्थर समाजले २५ हजार सहयोग गरेको छ । अध्यक्ष कमल गुरुङ, सचिव मेखबहादुर गुरुङ सल्लाहकार चिजकाजी गुरुङ र रत्नबहादुर गुरुङले उक्त रकम नगर प्रमुख जिसीलाई हस्तान्तरण गरेका हुन् । आर्थडाँडा खर्क कोन परिवारले रू. २५ हजार सहयोग गरेका छन् । 

यसैगरी स्वरोजगार कृषि सहकारीले २० हजार, जनउपभोक्ता सहकारीले १५ हजार, बाटुलेचौर कालीलेक बचत तथा ऋण सहकारी रू.१५ हजार, घारीपाटन बचत तथा ऋण सहकारीले रू.१० हजार, सप्तरंगी बचत तथा ऋण सहकारीले रू. १० हजार सहयोग गरेका छन् ।

यसैगरी नविन बचत तथा ऋण सहकारीले रू. ११ हजार १११, सजिलो बचत तथा ऋण सहकारीले  रू.११ हजार १११, गोरक्ष निखिल बचत तथा ऋण सहकारीले रू. १० हजार, जनकल्याण बहुउद्देश्यीय सहकारीले रू.११ हजार १११ र दिपाङताला मत्स्य तथा कृषि उत्पादक सहकारीले रू.५ हजार सहयोग गरेका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका सुवेदार मनबहादुर गुरुङ, कप्तान लालकाजी गुरुङ, कप्तान धनबहादुर गुरुङ, लप्टन धर्मदत्त तिमिल्सिना, कप्तान एकबहादुर गुरुङले जनही रू.५ हजार महानगर प्रमुख जिसीलाई हस्तान्तरण गरे ।

 पोखरा महानगरपालिकाको राहत कोषमा बधुवारसम्म रू.३ करोड ९७ लाख ८७ हजार ८९४  जम्मा भएको छ । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिनेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)