ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरामा पाँच दिनमा ४ हजार ३ सयलाई नि: शुल्क खाना खुवाइयो 

२०७७ बैशाख, ११  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की ११, पोखरा । लकडाउनका कारण आर्थिक संकटमा परेर खानाखान नपाएकालाई पोखराका युवाहरूले निःशुल्क खाना खुवाउने अभियान चलाएका छन् । केही पोखरेली युवाहरूको संलग्नतामा पौरखी स्वयम सेवक समूह बनाएर खान नपाएका विपन्नलाई खाना पकाएर घर सम्म नै नि :शुल्क पुर्‍याइदिने गरेका छन् ।

उनीहरूले पाँच दिनमा ४ हजार ३ सयलाई नि :शुल्क खाना खुवाएका छन् । शनिवारदेखि शुरू भएको भएको अभियानमा बुधवार साँझसम्म ४ हजार २ सय ९९ जनालाई खाना खुवाएका हुन् । 

युवाहरूले सडकमा बस्दै आएका, घरमा खाने कुरा नभएर भोकै बस्नु पर्ने अवस्था भएका, हिंडेर गन्तव्य जाँदै गरेकालाई खाना दिने गरेका छन्  । युवाहरूले खाना पकाएर प्याकिङ गरेर खाना पुर्‍याउने गरेका छन् । 

पोखरा ७ शान्ति नगरमा रहेको शान्तिनगर व्याङक्युटमा खाना पकाउने गरिएको उनीहरूले बताएका छन् । खाना प्याक गरेर खाना नपाएको खबर आएपछि सोही ठाउँका स्थानीय, जनप्रतिनिधि र प्रहरीसँग समन्वय गरेर खाना पुर्‍याउन गरिएको पौरखी स्वयम्सेवक समूहका जनक पराजुलीले बताए । पहिलो चरणमा आफूहरूले नै नगद उठाएर बिहान र बेलुकाको खानाको प्रबन्ध गरेको उनले बताए ।

घरमा चुल्हो बल्नै छाडेको अवस्थामा समुहका सदस्यलाई टेलिफोन वा अन्य कुनै माध्यमले सम्पर्क गर्नेहरूलाई उनीहरू भएकै ठाउँमा खाना पुर्‍याउने गरिएको स्वयमसेवी समूहका अर्का सदस्य राजु शर्माले बताए । बिहान ८ बजेदेखि १० बजेसम्म साँझ ५ बजेदेखि खाना पुर्‍याइदिने गरेको उनको भनाइ छ । 

शनिवार विहानबाट शुरु भएको अभियानमा ५ दिनसम्ममा ४ हजार २ सय ९९ जनालाई खाना नि :शुल्क पुर्‍याइसकेको समुहका अर्का सदस्य खेमराज तिमिल्सिनाले बताए । पोखरा महानगरले समन्यको भुमिका खेले छ भने दिदि बैहिनी फाण्डेसनले दैनिक १ सय खानामा सहकार्य गर्दै आएको उनले बताए ।

पोखरा महानगरमा खानाको लागि ९८५६०२५४९६, ९८५६०३५०५२, ९८५६०७८६४९, ९८५६०३६१७५, ९८५६०३६७३३, ९८५६०५८२८८ मा सम्पर्क गर्न सकिनेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)