ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुस्ताङमा यार्सा टिप्न रोक

२०७७ बैशाख, ११  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी ११, वैशाख । कोरोना भाइरसको जोखिमका कारण यस वर्ष हिमालपारिको जिल्ला मुस्ताङमा यार्सागुम्बा संकलनमा रोक लगाइएको छ ।

कोरोनाको संक्रमण फैलिन नदिन सतर्कताका लागि  देशैभर लकडाउन भइरहेको र यो समयमा यार्सा टिप्नु चुनौती हुने भन्दै जिल्ला विपत् व्यवस्थापन समितिले मुस्ताङले संकलनमा रोक लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले बताएको छ ।

जिल्लाको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लो घेकर दामोरकुण्ड र थासाङ गाउँपालिकाका विभिन्न लेकहरुमा वैशाखदेखि असारसम्म यार्सागुम्बा टिप्न सुरू हुन्थ्यो । यार्सा संकलन गर्नेकार्य फुकुवा हुँदा जिल्ला बाहिरका मानिसको आउजाउ बढ्ने भएकाले तत्कालका लागि यार्सा टिप्न निषेध गरेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए । 


 यो वर्ष यार्सा संकलन गर्न नदिइने देश नै लकडाउन रहेको अवस्थामा जिल्लामा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनले झनै ठूलो विपत्ती ल्याउने र सुरक्षाको कारण सबैभन्दा जोखिम भएको भन्दै यस वर्ष यार्सागुम्बा संकलनमा रोक लगाएको अर्यालले बताए । लकडाउनको पूर्ण पालना गर्ने भन्दै यार्सा टिप्न रोक लगाइएको घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थाकालीले जानकारी दिए ।

मुस्ताङमा यार्सा टिप्न मनाङ, म्याग्दी, बागलुङ, रुकुम, रोल्पा, लगायत जिल्लाबाट धेरै मानिस यहाँ आउने गर्थे । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको निगरानीमा रहेको मुस्ताङ जिल्लामा यार्सा संकलन गर्न एक्याप अन्तर्गतको संरक्षण व्यवस्थापन समितिले यार्साको पुर्जी फुकुवा गर्ने गरेको अन्नपूर्ण संरक्षण कार्यालयका जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले बताए ।

जिल्लाका फरक-फरक खर्कमा संरक्षण समितिले यार्सा संकलन गर्न आउनेहरुका प्रबेश शुल्क तोक्ने गरेको थियो । सरकारको अर्को सूचना नआउँदासम्मका लागि यार्सा टिप्न मुस्ताङमा रोक लगाइएको दाहालको भनाइ छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)