ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीका ५ जलविद्युत् आयोजनाको निर्माण सुचारु

२०७७ बैशाख, ११  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

वैशाख ११, म्याग्दी । लकडाउनका कारण बन्द भएका म्याग्दीका ५ जलविद्युत आयोजनाको निर्माण सुचारु भएको छ । विकास आयोजनाको निर्माण नरोक्ने सरकारको निर्णयपछि स्थानीय प्रशासन तथा जनप्रतिनिधिसँग समन्वय गरेर काम सुचारु गरिएको हो ।

४० मेगावाटको राहुघाट, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, ३८ मेगावाटको नीलगिरी खोला, र ६२ मेगावाटको नीलगिरि–२ आयोजनाको निर्माण शुरू भएको छ ।
रघुगंगा गाउँपालिकाले अनुमति दिएपछि राहुघाटको काम सुचारु गरेको आयोजना प्रमुख गणेश केसीले बताए । ‘५ सय कामदार आयोजना स्थलमै थिए,’ उनले भने, ‘प्रशासनसँग समन्वय भएपछि बाह्य व्यक्तिको प्रवेश हुन नदिई स्टोर गरिएको निर्माण सामग्रीबाट काम अघि बढाएका छौं ।’ आयोजना स्थलमा भएका सबै कामदार परिचालन गरिएको उनले बताए ।

आयोजनाको बाँध, सुरुङ र विद्युत्गृहको निर्माण एकसाथ शुरू गरेको पनि उनले बताए । जिल्ला प्रशासन कार्यालयले आयोजनाका ६ वटा गाडीलाई विस्फोटक पदार्थ आयात गन पास उपलब्ध गराएको छ । निर्माण सामग्री आयात गर्ने गाडीका लागि पनि पास लिने प्रक्रिया अघिबढेको रघुुगंगा हाइड्रोपावर कम्पनीले बताएको छ ।
आयोजनाबाट २०७८ मंसिरदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाबाट उत्पादित विद्युत् ६ सय मिटर दूरीमा निर्माण हुने २२० केभी कालीगण्डकी कोरिडोरको टावरमा ट्यापिङ लाइन जोडेर प्रसारण गरिनेछ ।

यस्तै, निर्माण अन्तिम चरणमा पुगेको मिस्त्री खोलाको काम पनि भइरहेको सिभिल ठेकेदार हाई हिमालय हाइड्रो कन्स्ट्रक्शन कम्पनीका कार्यकारी निर्देशक तारानाथ सापकोटाले बताए । ‘लकडाउनको २ साता जति काम रोकियो,’ उनले भने, अहिले साढे २०० कामदार आयोजना स्थलमा खटिएका छन् ।’ निर्माण सामग्रीको अभाव नभए पनि केही साना उपकरण गर्न डकडाउनले असर गरेको उनले बताए । यो आयोजनाको विद्युत् चालू आर्थिक वर्षभित्रै राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य छ ।

यसैगरी, नीलगिरी खोला र नीलगिरि खोला–२ को निर्माण पनि ३ दिन अघिबाट सुचारु भएको आयोजनाका आवासीय इन्जिनीयर रत्न बम्जनले बताए । उनका अनुसार नीलगिरि खोलामा पहुँच मार्ग निर्माण हुँदै छ भने नीलगिरि खोला–२ को संरचना निर्माण गर्न सुरु गरिएको छ । घारखोलाको अवरुद्ध काम पनि अघि बढेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)