ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गोरखा भूकम्पको ५ वर्ष : पुनर्निर्माणको लागत आधा घट्यो

२०७७ बैशाख, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । भूकम्पपछिको पुन र्निर्माणका लागि आकलन गरिएको कुल लागत संशोधन भएपछि त्यसको वास्तविक लगानी रू. ४ खर्ब ८८ अर्ब हुने भएको छ । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि सबै संरचना पुनर्निर्माणका लागि रू. ९ खर्ब ३८ अर्ब आवश्यक हुने प्रारम्भिक अनुमान पोस्ट डिजास्टर निडस् एसेस्मेन्ट (पीडीएनए) ले गरेको थियो । तर, पुनर्निर्माणका कामहरू गर्दै जाँदा उक्त अनुमानित लगानी पनि परिमार्जित हुँदै आएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले निजी आवासलगायत सम्पूर्ण पुनर्निर्माणको ८८ प्रतिशत काम सम्पन्न भएको हुँदा पीडीएनएको अनुमानित लगानी पनि परिमार्जित भएको बताए । ‘पुनर्निर्माणका कार्य हुँदै जाँदा अनावश्यक देखिएको लगानी संशोधन गरिएको हो,’ उनले भने । भूकम्प गएको ५ वर्षको अवधिमा निजी आवास निर्माण र अन्य संरचनाहरू निर्माणका लागि रू. ३ खर्ब ८१ अर्ब खर्च भएको छ ।

नेपाल सरकार र दातृ निकायबाट रू. ३ खर्ब ९ अर्ब र गैरसरकारी संस्थामार्फत ७२ अर्ब लगानी भइसकेको छ । प्रवक्ता अर्यालले आगामी आर्थिक वर्षका लागि बजेट सीमा रू. ६८ अर्ब पाएको जानकारी दिए । २०७२ को भूकम्पबाट सबैभन्दा बढी निजी आवासमा क्षति पुगेको थियो भने निजी आवास निर्माण चुनौतीपूर्ण मानिएको थियो । प्राधिकरणका अनुसार यो अवधिमा ३२ जिल्लामा ४ लाख ९४ हजार ४४ हजार अर्थात् ६३ प्रतिशत निजी आवास निर्माण सम्पन्न भइसकेका छन् ।

भूकम्पबाट आंशिक र पूर्णरूपमा क्षति भएकामध्ये १ लाख ९० हजार १४५ अर्थात् २५ प्रतिशत निर्माणाधीन अवस्थामा छन् । लकडाउनका कारण अहिले निजी आवास र अन्य पुनर्निर्माणका काम ठप्प भएको प्राधिकरणले जानकारी दिएको छ । प्रवक्ता अर्यालले लकडाउनका कारण पुनर्निर्माणका सबै काम ठप्प भएकाले यसले पारेको असरका विषयमा रणनीति बनाएर निर्माणलाई अघि बढाउने गृहकार्य गरेको बताए ।

प्राधिकरणले भूकम्पको ५ वर्षको अवधिमा गरेका कार्यको विवरण बुधवार सार्वजनिक गरेको छ । भूकम्पपछि एकीकृत बस्ती निर्माणको अवधारणा कार्यान्वयमा ल्याउन ७९ ओटा एकीकृत बस्तीको योजना स्वीकृत भएकोमध्ये नौओटा एकीकृत बस्ती निर्माण भइसकेका छन् । प्राधिकरणले भूकम्पबाट असुरक्षित बनेका स्थानहरूका ४ हजार २०४ लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था गरेको छ भने ८ हजार ७४४ भूमिहीन तथा सुकुमबासी लाभग्राहीलाई जग्गा खरीद गरी निजी आवास निर्माणको तयारी गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)