ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरा महानगरको राहत कोषमा ४ करोड ७ लाख  

२०७७ बैशाख, १२  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

वैशाख १२, कास्की । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । शुक्रवारसम्म महानगरको कोषमा रू.४ करोड ७ लाख ३३ हजार ४०९ जम्मा भएको छ । 

कोषमा निर्माण व्यवसायी समिति पोखराले रू.१ लाख १ हजार ५ सहयोग गरेको छ । समितिका अध्यक्ष नारायण गुरुङ लगायतको टिमले महानगर प्रमुख मानबहादुर जिसीलाई चेक हस्तान्तरण गरेको हुन् । 

स्थानीय सगरमाथा माविले पनि रू.५० हजार सहयोग गरेको छ । माविका संस्थापक कृष्णराज अधिकारी, प्राचार्य धनबहादुर थापाले उक्त रकम बराबरको चेक महानगर प्रमुख जिसीलाई हस्तान्तरण गरेका हुन् । 

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीले रू.२४ हजार ५०० सहयोग गरेको छ । महासंघका कास्की अध्यक्ष मोहनप्रसाद सापकोटा, केन्द्रीय उपाध्यक्ष ऋषिराम शर्मा, केन्द्रीय सदस्य शिवराज बास्तोला र कास्कीका सदस्य प्रकाश बास्तोलाको टोलीले नगरप्रमुख जिसीलाई रकम हस्तान्तरण गरेको हो । 

यसैगरी कलम बचत तथा ऋण सहकारीले रू.२५ हजार सहयोग गरेको छ । सहकारी अध्यक्ष ऋषिराम शर्माले चेक नगरप्रमुखलाई हस्तान्तरण गरेका हुन् । 

नेपाली एकता मञ्च बेल्जियमका सदस्य चन्द्रकुमारी गुुरुङले रू.२० हजार सहयोग गरेकी छन् । उनले पठाएको रकम वडा नम्बर १७ का वडा सदस्य शान्ता  गुरुङले महानगर प्रमुख जिसीलाई हस्तान्तरण गरेकी हुन् । सहयोग गर्ने सम्पूर्ण संघ संस्थालाई महानगर प्रमुखले आभार व्यक्त गरेका छन् । 

पोखरा महानगरपालिकाले विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिने बताएको छ । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)