ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साना तथा मझौला व्यवसायीद्वारा राहत  प्याकेज ल्याउन माग  

२०७७ बैशाख, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

वैशाख १२, काठमाडौं । साना तथा मझौला उद्योगी तथा व्यवसायीहरुले सरकारले ठूला संस्थाहरुको मात्र कुरा सुन्ने गरेको गुनासो गर्दै साना तथा मझौला उद्योगीहरुका लागि पनि राहतका प्याकेज ल्याउन सरकारसँग माग गरेको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले कोरोनाको कारण देशका हजारौं साना उद्योगी व्यवसायी धराशायी हुने अवस्था सृजना भएको बताउँदै बैक व्याज छूट, सरल पुनर्कर्जा तथा घर बहाल छूटको व्यवस्था सहित व्यवसायीहरुको संरक्षणको लागि राहत प्याकेज ल्याउनु पर्ने बताए । 

नेपाल राष्ट्र बैंकले केहि साता अघि ल्याएको भनिएको सहुलियतले साना उद्योगी व्यवसायीमा समस्या सम्बोधन गर्न नसकेको बताउँदै उनले सरकारले साना तथा मझौला व्यवासायीको समस्याहरु सुन्नै नचाहेको आरोप लगाए ।

 बैक, वित्तीय संस्थामा लगानी भएका तथा पहँच भएका र राजनीतिक पहँच भएकाहरुलाई मात्र राहत दिने हो भने हजारौं साना व्यवसायी सडकमा आउने उनले बताए । 
सरकारले घरधनीलाई  भाडा नलिन आग्रह गरेको भएपनि अधिकाँश घरधनीले भाडा छूट दिन नमाने पनि उनले बताए । 

महासंघ मातहत मात्रै २३ ओटा विभिन्न संस्थाका हजारौं व्यवसायी आवद्ध भएको भन्दै उनले सरकारले घोषणा गरेको घरभाडा छूट पनि कार्यान्वयनमा आउन नसकेको बताए । 

‘सरकारले घरधनीलाई चैत महीनाको घर बहाल नलिन भन्यो तर व्यवसायीलाई घरधनीले भाडा तिर्न बारम्बार ताकेता गरिरहेका छन्, उद्योग बन्द छन्, सटहरुमा ताल्चा लागेका छन् तर ऋणको व्याज, कर्मचारीलाई तलब र घरभाडा तिर्नै पर्छ, कसरी तिर्ने ?’, उनले प्रश्न गरे । 

 
लकडाउन पछि साना उद्योगी व्यवसायीले भोग्नु  परेको अवस्थाबारे आर्थिक अभिभयानसँग कुरा गर्दै उनले सरकारले उचीत सहयोग नगर्ने हो भने सबै साना तथा मझौला उद्योग तथा व्यवसायहरु पुर्ण रुपमा बन्द हुने बताए । 

लकडाउन शुरु भएको एक महीना पुगेको र अझै कतिसम्म लम्बिने भन्ने निश्चित नभएकाले तत्कालका लागि ३ महीनाको व्याज छूट र घरभाडामा सहुलियतका लागि सरकारले पहल गर्नुपर्ने बताए ।

यस्तै  उनले व्यवसायीहरुको करीब ५०० कन्टेनर तातोपानी केरुङ नाकामा रोकिएको भन्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाएर नेपाल ल्याउनका लागि सहजीकरण गर्न पनि सरकारलाई आग्रह गरेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

अमित केसी

[Apr 25, 2020 08:01am]

good try for covering defferance sector n focouse to particular which is your best.



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)