ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अनलाईन कक्षा संचालन गर्ने तयारीमा प्रदेश ५ सरकार

उपयुक्त विकल्पसहित एक महीनाभित्र कक्षा सुचारु हुन्छ : मन्त्री बराल

२०७७ बैशाख, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

वैशाख १३, काठमाडौं । अन्तरराष्ट्रिय जगतमा अनलाईन अध्यापनलाई समेत प्राथमिकता दिएका बेला नयाँ शैक्षिक सत्र शुरु भइसक्दा कक्षा संचालन हुने स्थिती नरहेकाले प्रदेश ५ सरकारले अनलाईन कक्षा संचालन गर्न तयारी गरिरहेको छ । 

शिक्षा पत्रकार समूहले कोरोना भाइरसका कारण मुलुक लकडाउनमा रहेका बेला शिक्षाका समसामयिक विषयबस्तुमा आयोजना गरेको ‘भर्चुअल प्रेस मिट’ मा  प्रदेश ५ सरकारले अबको तयारीबारे यस्तो जानकारी दिएको हो । 

उक्त समूहले शुक्रवारबाट शुरु गरेको भर्चुअल अन्तरक्रियाको पहिलो सम्बाद ‘कोरोना प्रभाव र शिक्षा क्षेत्रमा प्रदेश ५ सरकारको तयारी’ बारे थियो ।

अन्तरक्रियामा प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अनलाइन कक्षाका लागि मोबाइल एप, सामाजिक सञ्जाल वा रेडियो कुन विधि व्यवहारिक, वैज्ञानिक र प्रभावकारी हुनेबारे बुझिरहेको बताए ।

‘गृहकार्यसमेत हेर्न मिल्नेगरी एप बनाउन लागिएको छ । लकडाउन लम्बिँदै गए एक महीनाभित्र कक्षा संचालन गर्नेगरी तयारी हुँदैछ’, उनले भने, ‘तर गाउँमा अझै पनि इन्टरनेटको पहुँच नपुगेकाले ग्रामिण क्षेत्रसम्म सेवा बिस्तार गर्न नेपाल टेलिकम लगायत सेवा प्रदायकलाई सुझाब दिइएको छ ।’

सामाजिक विकास मन्त्रालयका अनुसार, प्रदेश ५ मा करीब ४ हजार ७०० सामुदायिक र १ हजार १०० संस्थागत निजी विद्यालय संचालनमा छन् । ती विद्यालयमा झण्डै ११ लाख विद्यार्थी अध्ययनरत छन् ।     

परीक्षा लिन नसकेका विद्यालयलाई निकास दिने र पाठ्यपुस्तक विद्यालय तथा विद्यार्थीसम्म पुर्‍याउने पनि तयारी भइरहेको मन्त्री बरालले जानकारी दिए ।

उनका अनुसार प्रदेश ५ मा लकडाउन लम्बिँदै जाँदा गाउँमा बाहिरका व्यक्ति आउन रोकेर विद्यार्थीबीच दूरी राखेर सुरक्षित र नियन्त्रित कक्षा संचालनको संभावनाबारे पनि छलफल चलिरहेको छ ।
मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवाली माथिल्लो कक्षाका दिदीदाजुले भाइबैनीलाई पढाउने अभ्यासको पनि तयारी भइरहेको बताए । 

त्यस्तै सामाजिक संघसंस्थासँगको सहकार्यमा रेडियो वा अनलाइन कक्षालाई सहज बनाउन खोजिएको उनको भनाइ छ । ‘त्यसागर्दा सिमान्तकृत समुदायका बालबालिकाको पहुँच वृद्धि गर्ने र समेटिने छन्,’ उनले भने ।

यस्तै मन्त्री बरालले कक्षा १ देखि ९ सम्मका परीक्षा लिइसकिएका विद्यालयबाट नतिजा प्रकाशनका लागि तयारी भइरहेको बताए । विभिन्न कारणले परिक्षा संचालन गर्न र सहभागी हुन नसकेका विद्यार्थीका लागि अर्धवार्षिक परीक्षाका नतिजाका आधारमा अन्तिम नतिजा निकाल्नेबारे छलफल भइरहेको पनि उनले जानकारी दिए ।

स्थगीत रहेको एसईई र कक्षा ११ र १२ का परीक्षा संचालनका लागि होमसेन्टर तोक्ने र  थोरै परिक्षार्थी राख्ने वा विज्ञान, अंग्रेजी, गणितजस्ता महत्वपूर्ण विषयको मात्रै परीक्षा  लिनेबारे संघीय सरकारसँग छलफल चलिरहेको पनि मन्त्री बरालको भनाइ थियो ।


परिक्षा संचालनका विभिन्न विकल्पबारे प्रदेश र स्थानीय तहमा पनि शिक्षक, स्थानीय तह र विज्ञहरुसँग छलफल गरिरहेको मन्त्री बरालले जानकारी दिए ।

उक्त अन्तरक्रियामा  सहभागी पत्रकारहरुले कोरोना महामारीका कारण आर्थिक संकट उत्पन्न भई थुप्रै अभिभावकले आफ्ना बालबालिकालाई निजीबाट सामुदायिक विद्यालयमा सार्ने संभावना रहेको, अनलाईन कक्षामा निरक्षर तथा विपन्न वर्गका बालबालिकाको पहुँच पुग्न कठिन हुने भएकाले शिक्षकहरु जो जहाँ छन् त्यहीं वरपरका बालबालिकालाई पढाउनु उपयुक्त हुने सुझाव दिएका थिएका थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)