ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनको उपयोग गरी पात्लेखेतमा मोटरबाटो निर्माण

२०७७ बैशाख, १३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

वैशाख १३ ,म्याग्दी । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न देश लगकडाउनमा छ । मानिसहरू सबैजसो काम छोडेर घरभित्रै बसेका छन् । तर, म्याग्दीका एक गाउँका युवा भने कोरोना संक्रमणको सतर्कता अपनाउँदै सुरक्षित तरिकाले विकास निर्माणका काममा जुटेका छन् । 

जिल्लाको बेनी नगरपालिका वडा नं १० पात्लेखेत गाउँका युवाहरुले लकडाउनको समयको सदुपयोग गर्दै सुरक्षित तरिकाले करिब ५ किलो मिटर मोटरबाटो निर्माण गरेका छन् ।

गाउँको पुछारगाउँँमा मोटरबाटो नपुगेपछि थाप्लोमा भारी बोकेर गाउँँमा उत्पादित कृषिजन्य वस्तु बेनी बजार सम्म ल्याउनुपर्ने बाध्यताका कारण उनीहरूले मोटरबाटो निर्माण गरेर उदाहरणीय काम गरेका हुन् ।  

मोटरबाटो निर्माणका लागि  बेनी नगरपालिकाले  रू. ४ लाख , पात्लेखेत नेपाने धैरेनी उपभोक्ता समितिको रू.१ लाख रकम  संकलन गरी निर्माण कार्य सम्पन्न गरिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष समित रोकाले जानकारी दिए । अध्यक्ष रोकाका अनुसार निर्माण कार्य गर्दा प्राकृतिक स्रोत–साधनलाई नष्ट नगरी मोटरबाटो निर्माण गरिएको छ ।

मोटरबाटो निर्माणपछि पात्लेखेतमा उत्पादन भएका तरकारी, फलफूल लगायतका चीजहरुलाई  बजारसम्म पुर्‍याउन सहज हुनुका साथै बिमारी पर्दा र अन्य कामका लागि पनि निकै सहज हुने अध्यक्ष रोकाले बताए । ‘हामीले लकडाउनको समयलाई उपयोग गरी निकै सतर्कताका साथ मोटरबाटो खनेका हौं,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)