ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरा महानगरले बनायो कृषि बजारमा सेनिटाइज टनेल

२०७७ बैशाख, १४  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

वैशाख १४, कास्की । पोखरा महानगरपालिकाले शान्तिवनस्थित कृषि बजारमा स्वचालित सेनिटाइज टनेल जडान गरेको छ । कोरोनाको महामारीले विश्व नै आक्रान्त बनेको बेलामा मानिसको पूरा शरीर र कपडामा भएको भाइरस मार्ने स्वाचालित सेनिटाइज टनेल बनाएर महानगरले कृषि बजारलाई हस्तान्तरण गरेको हो । 
महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कृषि बजार व्यवस्थापन समितिलाई टनेल आइतवार हस्तान्तरण गरेका हुन् । 

कार्यक्रममा बोल्दै प्रमुख जिसीले कृषि बजार उपजमा पनि मानिसका भीडभाड हुने भएकाले कोरोनाको संक्रमणलाई न्यूनीकरण गर्न महानगरले टनेल जडान गरेको बताए । कोरोनाको महामारी लम्बिन सक्ने भएकाले प्रविधिबाट यसलाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । 

कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष छेबाङ लामाले महानगरले कृषि बजारलाई महत्व दिएर टनेल जडान गरिदिएकोमा महानगरप्रति आभार व्यक्त गरे । पोखरा विश्वविद्यालयको नेपाल इनोभेसन टेक्नोलोजी एन्ड इन्टरप्रेनियरसिपका रवि भण्डारी,  विनोद भट्टराई, विनोद गिरी, सरोज कोइरालाले टिमले टनेल निर्माण गरेका हुन् । पोखरा महानगरले यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि टनेल जडान गरिसकेको छ । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)