ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउन वैशाख २५ सम्म

२०७७ बैशाख, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

काठमाडौं । सरकारले कोरोना  नियन्त्रणका लागि जारी लकडाउन १० दिन थपेको छ । आइतवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अवधि १० दिन थप्दै वैशाख २५ सम्म कायम राख्ने निर्णय गरेको हो ।

यसअघि तोकिएको वैशाख १५ सम्मको अवधि सकिन १ दिन बाँकी रहँदै लकडाउनको अवधि थपिएको हो । कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको सिफारिशका आधारमा सरकारले लकडाउन लम्बाएको हो ।

नेपालमा कोरोना संक्रमितको संख्या ५० नाघेको तथा नयाँ संक्रमण देखिइरहेकाले मुलुक कोरोना जोखिममुक्त भइनसकेको निष्कर्ष निकाल्दै सरकारले लकडाउनलाई वैशाख २५ सम्म निरन्तरता दिने निर्णय गरेको हो ।

सरकारले पहिलोपटक चैत ११ गते १ हप्ताका लागि मुलुकभर लकडाउन गरेको थियो । त्यसपछि पटकपटक थप गर्दै सोमवार (वैशाख १५) सम्म कायम गरेको थियो । यसअघि कोरोना उच्चस्तरीय समन्वय समितिअन्तर्गतको कार्यदलले शनिवार लकडाउनको समय थप १ साता बढाउन सिफारिश गरेको थियो ।

उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तरराष्ट्रिय उडान आगामी जेठ २ गतेसम्मका लागि बन्द गर्ने निर्णय शनिवार गरेको थियो । त्यस्तै, अन्तरराष्ट्रिय सीमानाकाहरू वैशाख ३१ गतेसम्म बन्द गरिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । अन्तरराष्ट्रिय आवागमन रोक्न यसअघिको सीमानाका बन्द गर्ने निर्णयलाई वैशाख ३१ मध्यरातसम्म निरन्तरता दिने निर्णय भएको खतिवडाले बताए ।

यसैबीच सरकारले ईपीएसअन्तर्गत कामदारलाई दक्षिण कोरिया पठाउने निर्णय गरेको छ । दुवै देशको आसपी सहमतिमा कामदार दक्षिण कोरिया जान सक्ने निर्णय भएको खतिवडाले बताए । दक्षिण कोरियामा कोरोना संक्रमण बढ्दै जाँदा ईपीएसमा कामदार पठाउन बन्द गरिएको थियो ।

आइतवारको मन्त्रिपरिषद्ले अत्यावश्यक उद्योगहरू सञ्चालन गर्ने तथा विकास निर्माणका कामहरू सुचारू गर्न सकिने निर्णयसमेत गरेको छ । कोरोनाको संक्रमण जोखिम नभएका स्थानहरूमा सुरक्षा उपायहरू अपनाई उद्योग सञ्चालन गर्न सकिने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)