वैशाख १४, काठमाडौं । कोरोना भाइरसको प्रकोप नियन्त्रणका मेडिकल सामग्री लिन हिमालय एयरलाईन्सको जहाज आइतवार साँझ चिनको क्वान्चाउ उडेको छ ।
हिमालय एअरलायन्सका अनुसार उक्त जहाज आइतवार राती १२ बजे क्वान्चाउ अन्तरराष्ट्रिय विमानस्थल पुग्ने तालिका रहेको छ । सोमवार विमान स्थानीय समय अनुसार विहान साढे तीन बजे मेडिकल सामग्री लिएर काठमाडौ्रंका लागि उड्ने छ ।
उक्त जहाज सोमवार विहान सवा सात बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
उक्त उडानका लागि आवश्यक लजिस्टिक सेवाका लागि नियमक निकायहरुबाट हालैमात्र स्विकृित पाएको र सोही अनुसार सबै प्रकारका आधारहरु पुरा गरेर क्वान्चाउ उडान गरेको एअरलायन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए ।
उक्त कार्गो विमानले मेडिकल उपकरण, टेस्टिङ किट, व्यक्तिगत सुरक्षाउपकरण (पीपीई), मास्क, पञ्जा लगायत अन्य औषधिजन्य सामग्री ल्याउने छ ।
सोमवार विमान स्थानीय समय अनुसार विहान साढे तीन बजे मेडिकल सामग्री लिएर काठमाडौ्रंका लागि उठ्ने छ ....यो के लेखेको हो प्रष्ट भएन ।