ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक कलहबारे छलफल गर्न नेकपाको सचिवालय बैठक बस्दै

२०७७ बैशाख, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

वैशाख  १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकार एकटौली रूपमा सञ्चालन गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी( नेकपा) भित्र बढेको आन्तरिक राजनीतिक खिचातानीका बीच नेकपा स्थायी समितिको बैठक मंगलबार बस्दै छ । 

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षबीच सोमवार नेपाल निवास कोटेश्वरमा भएको छलफल पछि मंगलवार सचिवालय बैठक राख्ने र त्यसले स्थायी कमिटीको बैठकको मिति तोक्ने सहमति भएको थियो ।

प्रधानमन्त्री ओलीले पार्टी निर्देशन विपरीत, एकलौटी रुपमा पार्टीसँग कुनै परामर्श नै नगरी निर्णय गर्ने गरेको भन्दै नेकपाका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र पूर्व प्रधानमन्त्री झलनाथ खनालसहित उक्त पार्टीको दोस्रो तहका नेताहरुले समेत असन्तुष्टि व्यक्त गर्दै आएका आएका छन् । 

पार्टी भित्र र बाहिरबाट समेत केहि दिन अघि सरकारले जारी गरेको अध्यादेशको विरोध भएको र राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी फुटाउने अभिप्राय असफल भएपछि अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख १२ गते दुई ओटा अध्यादेश फिर्ता लिनु भएको थियो । खासगरी वैशाख ८ गतेको अध्यादेश प्रकरणपछि नेकपा भित्रको आन्तरिक कलह देखिने गरी सतहमा आएको छ ।

सोमवार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षका नेताहरुबीच वार्ता भएको थियो । सो वार्तामा प्रधानमन्त्री ओलीका पक्षबाट नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली सहभागी थिए भने  नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए ।

यसअघि सोमवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेता नेपाल र प्रधानमन्त्री ओलीबीच छलफल भएको थियो । उक्त बैठकमा नेपाल पक्षले सरकार र पार्टीका कामबारे समीक्षा गर्नुपर्ने र समस्याको निकास खोज्नुपर्ने धारणा राखेको  नेकपा स्थायी समिति सदस्य रघुजी पन्तले जानकारी दिए । त्यस्तै उनीहरुले पार्टी  अध्यक्ष र प्रधानमन्त्रीको हैसियतम ओलीले समस्या समाधानको निकास निकाल्नु पर्नेमा नेताहरु एकमत बनेको उनले बताए । 

पछिल्लो पटक प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर नेकपा भित्रै ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनु पर्नेसम्मका दबाब आइरहेका छन् । पार्टी भित्रको विवाद बढ्दै गएपछि विवाद समाधानका लागि द्विपक्षीय वार्तालाई तीव्र पारिएको छ ।

प्रधानमन्त्री ओलीको कार्यशैलीका कारण पार्टी र सरकार दुवै बदनाम हुँदै गएको भन्दै नेकपामा सतहमा देखिएका समस्या समाधानको लागि सचिवालय बैठकको माग हँदै आएको थियो । तर ओलीले विभिन्न बहाना बनाउँदे बैठक बस्न आलटाल गर्दै आएका थिए ।

नेताहरु प्रचण्ड, नेपाल र खनालले बैठक बोलाउनु आवश्यक भएको भन्दै जोडदार माग गरेपछि अन्तत ः ओली सचिवालय बैठक बोलाउन सहमत भएको  सो पार्टीका एक जना केन्द्रीय सदस्यले बताएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)