ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन क्षेत्रको पुर्नरुत्थानको लागि ठोस कार्यक्रम ल्याउँछौं :  पर्यटन मन्त्री

२०७७ बैशाख, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

वैशाख १६, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण पर्यटन क्षेत्रमा परेको असरलाई पुनर्जीवन दिन सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम तथा वजेटमार्फत ठोस कार्यक्रम ल्याउने भएको छ । 

ट्रेकिङ एजेन्सी एशोसिएशनअफ नेपाल (टान) र नेपाल ट्रेकिङ ट्राभल  र्‍याफ्टिङ एयरलाइन्स , संस्कृति पुरातात्विक कार्गो कुरियर श्रमिक युनियन (यूनिट्राव) ले पर्यटन व्यवसायी तथा श्रमिकहरुको पुनर्जीवनको लागि बुझाएको ध्यानाकर्षण पत्र  बुझ्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री यागेश भट्टराईले पर्यटनले जनसंख्याको ठूलो हिस्सा धानेको पर्यटन क्षेत्रलाई फेरी कसरी व्युताउँन सकिन्छ भनेर सरकारले गृहकार्य गरिरहेको बताउँदै आउने बजेटमा पर्यटन क्षेत्रको पुर्नरुत्थानको लागि ठोस कार्यक्रम ल्याउने बताए ।

यसअघि मन्त्रीपरिषद्को बैठकबाट पनि तत्काल राहतका लागि व्यवसायीहरुले तिनुपर्ने व्याजको समय सिमा बढाउने, घरभाडा छूटका लागि घरधनीसँग आग्रह गर्ने लगायतका केहि घोषणा भइसकेको उल्लेख गर्दै मन्त्री भट्टराइले दिर्घकालीन राहतका प्याकेज बारे पनि आन्तरिक तयारी भइरहेको बताए । 

यसबाहेक पनि व्यवसायीलाई पछि पनि कसरी वित्तीय सहयोग उपलब्ध गराउने र श्रमिकलाई पनि सरकार वा सम्वन्धित कम्पनी जमानी बसेर केहि गर्न सकिन्छ कि भनेर गृहकार्य गरिरहेको उनले बताए । 

टान र यूनिट्रावका तर्फबाट बुझाइएको ध्यानाकर्षण पत्रमा ब्याज मिनाहा, एक वर्षसम्म विनाधितो दुई प्रतिशत ब्याजदरमा २० लाख सम्मकर्जा सुविधा तथा घरभाडा छूटका लागि पहल गर्नुपर्ने माग गरिएको टानका अध्यक्ष खुम सुवेदीले जानकारी दिए । 

टोलिका तर्फबाट टिम्स अन्तर्गत मजदूर कल्याण कोषमा जम्मा भएको रकम श्रमिकहितको लागि प्रयोग गर्नुपर्ने, ट्रेकिङ कम्पनीको नविकरणको समयावधि ६ महीनाथप्नु पर्ने, आउँदो बजेट मार्फत पर्यटन क्षेत्रमा विशेष छूटका योजना ल्याउनुपर्ने लगायतका माग राखिएको उनले बताए ।  

नेपालको पर्यटन क्षेत्रमा रू.१५ खर्व ९५ अर्वभन्दा वढी र आठ–नौ लाख प्रत्यक्ष रोजगारी रहेको प्रारम्भिक तथ्यांक रहेको उल््लेख गर्दै मन्त्री भट्टराइले आठ–नौ लाख जनसंख्या प्रत्यक्ष रोजगारीमा जोडिएको यो क्षेत्रबाट सुरक्षित बनाउन सरकारले उचित कदम चाल्ने मन्त्री भट्टराइले बताए । 

‘यो क्षेत्रमा आश्रित जनसंख्याको हिस्सा ठूलो छ, तीनको जीवनयापनलाई ध्यान दिन जरुरी छ, तर सरकार एक्लैको प्रयासबाट यो क्षेत्रलाई माथि उकास्न सकिदैन, यसको लागि सरकार र नीजि क्षेत्रको संयुक्त पहल आवश्यक छ’, उनले भने । 

मन्त्री भट्टराईले बैकल्पिक रोजगारीका बारेमा पनि गृहकार्य भइरहेको जानकारी दिए । मन्त्रालयले पर्यटन क्षेत्रका मजदूरलाई हाइड्रो पावर, सडक निर्माण, विमानस्थल निर्माण, सगरमाथा सरसफाई, सम्पदा सरसफाई लगायतका काममा लगाउन सकिने बताए । 

उनले कोरोनाका कारण अलपत्र परेका तथा खान नपाएका कोही श्रमिक÷कर्मचारी छन् भने तीनको समस्याको तत्काल सम्बोधन गरिने उल्लेख गर्दै समस्यामा परेकाहरुको तथ्यांक तत्काल उपलब्ध गराउन टान र यूनिट्रावको टोलिसँग आग्रह गरे ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)