ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भीरमह खोज्दै म्याग्दीका भीर -भीरमा मह शिकारी

२०७७ बैशाख, १७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

वैशाख १७, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका २ लुलाङको मटला भीरमा स्थानीयले जोखिम मोलेर मह निकालिरहेका छन् । लकडाउनको समयमा स्थानीय संघसंस्थाको अनुमति लिएर मह शिकारी डोरीको सहायताले भीरमौरीको गोला निकालेका हुन् । 

म्याग्दीका अक्करे भीरहरुमा यतिबेला मह शिकारको याम शुरु भएको छ । मह शिकारीहरु डोरीको सहायताले भीर मौरीको गोला भएको देख्दै डरलाग्दो भीरमा झुण्डिएर मह काढिरहेका छन् ।

म्याग्दीको लुलाङ,हिस्तान,चिमखोला,मुदी गुर्जा दोसल्ले,शिख लगायतका गाउँमा रहेका भीरहरुमा भीरमौरीले गोला लगाएका छन् । तिनै गोलाहरु काढ्नका लागि मह शिकारीहरु डोरी (परङ) मा झुण्डिएर मह शिकार गरिरहेका छन् ।

वसन्त र शरद् क्रृतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त क्रृतुमा बेशी र शरदमा लेकमा पुगेर भीरमह निकाल्ने गरिन्छ । मह निकाल्नका लागि भीरको माथिल्लो भाग र तल्लोभागमा दुई समूहमा शिकारीहरु बाँडिएका हुन्छन् । एक समूहले भिरको माथीबाट तल भुईसम्म डोरी (स्थानीय भाषामा परङ) झुन्डाउँछन् भने  भीरको तलपट्टि रहेको अर्को समूहले  मह थाप्ने र स्याहार्ने गर्दछन् ।

यसरी भीरमा आफ्नो ज्यानको बाजी लगाएर निकालिने महबाट शिकारीहरुले आकर्षक आम्दानी पनि गरिरहेका छन् । स्वास्थ्यलाई एकदमै फाईदाजनक मानिने भीरमहको माग जति स्थानीय बजारमा छ, त्यो भन्दा दोब्बर अन्तराष्ट्रिय बजारमा छ । विभिन्न किसिमका औषधि बनाउन यसको प्रयोग बढी भएको पाईएको छ ।

भीर महको सिजन शुरु भएपछि लुलाङ,गुर्जा लगायतको जंगलमा रहेको भीर महमा मह शिकारी डोरी (पाराङ) मा झुण्डिएर मह निकाल्न शुरु गरेका धवलागिरि गाउँपालिकाका योजना शाखा प्रमुख कृष्ण सुवेदीले जानकारी दिए ।

स्थलगत रुपमा नै गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले समेत भीर महको सम्भावना भएपनि आधुनिक विधिको प्रयोग गरी ज्यानको जोखिम टार्न आवश्यक सहयोग गर्ने बताए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)