ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एडीबीले ३० अर्ब सहुलियत  ऋण सहयोग गर्ने

२०७७ बैशाख, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विजय दमासे

वैशाख १७, काठमाडौं  । एडीबीले कोरोना महामारीको नियन्त्रणका लागी करीब रू.३० अर्ब (२५० मिलियन अमेरीकी डलर) सहुलियत ऋण सहयोग गर्ने  भएको  छ ।

अर्थमन्त्री डा युवराज खतिवडा र एशियाली विकास बैकका अध्यक्ष (एडीवी) मासाचुगु आसाकावाबीच बुधवार भएको टेलिफोन संवादमा उक्त सहुलियतपूर्ण ऋण बजेट सहायताको रुपमा प्रदान गर्न एडीबी सहमत भएको हो । 

विश्वव्यापी कोरोना संक्रमणको प्रभाव न्यूनिकरण गर्न सरकारलाई तत्काल राहत कार्यक्रम कार्यान्वयन गर्न स्रोतको दबाव भएपछि एडीबीसँग अर्थले सहयोग प्रस्ताव गरेको थियो ।
 एडीबीले दिनलागेको ऋण सहायता स्वास्थ्य, सामाजिक र आर्थिक क्षेत्रमा खर्च हुने मन्त्रालय स्रोतले बताएको  छ ।

 यसअघि २३ मार्चमा ५० मिलियन डलर बजेटरी सहायता उपलव्ध गराउनेगरी एडीबीले स्वीकृत गरिसकेको छ । 

सरकारले स्वास्थ्य, सामाजिक तथा आर्थिक क्षेत्रमा परेको प्रभाव न्यूनिकरण गर्न घोषणा गरेको राहत प्याकेजका लागि एडीबीको सहायता लिने भएको हो । 

लकडाउनका कारण आर्थिक क्रियाकलाप खुम्चिएको  अवस्थामा राजस्व गुम्ने खतरा टार्न एडीबीको सहयोग उपयोगी हुने अर्थका अधिकारीहरु बताउँछन् । अर्थमन्त्रीको सचिवालयका अनुसार एडीबीले अनुदान सहयोगमा तीन लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामाग्रीहरु समेत दिने भएको छ ।

 दुईपक्षिय टेलिफोन संवादमा अर्थमन्त्री खतिवडाले एडीबी नेपालको मुख्य विकास साझेदार रहेको बताउँदै ऊर्जा, यातायात, खानेपानी र शहरी विकास लगायत ग्रामीण उद्यम क्षेत्रमा गरेको सहयोगलाई निरन्त दिन आग्रह गरे । 
उनले स्थानीय तहहरुको पूर्वाधार विकासमा बैंकबाट सहयोग हुने अपेक्षा पनि गरे ।  

कोरोना संक्रमणबाट वैदेशिक रोजगारीका अवसरहरु खुम्चिदै जाँदा युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण बनाउन आधुनिक एवम् व्यवसायिक  कृषि र स्थानीय पूर्वाधार एवं ग्रामीण वित्त व्यवस्था विस्तारमा लगानी गर्नुपर्ने आवश्यकता रहेको बताउदै खतिवडाले  यी क्षेत्रमा सहायता बढाउन एशियाली विकास बैंकलाई आग्रह गरे ।

एडीबीका अध्यक्ष आसाकावाले कोभिड–१९ को नियन्त्रणमा नेपालले चालेका कदमहरुको प्रंशसा गर्दै कोभिड–१९ का कारण सृजना भएको चुनौतीपूर्ण वर्तमान परिस्थितिलाई सम्बोधन गर्नका लागि बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण एवं निजी क्षेत्रका लागि उपलब्ध स्रोतसाधन समेतका माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता गरेका छन्  । 

उनका अनुसार  नेपालको आर्थिक सामाजिक क्षेत्रको विकासका लागि बैंकले सहयोगलाई बढोत्तरी गर्दै लाने छ ।  आगामी दिनमा एडीबीले ऊर्जा, यातायात, नागरिक उड्डयन, संघीयतामा सेवाप्रवाहजस्ता क्षेत्रमा थप लगानी गर्नेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)