ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेकपाको सचिवालय बैठक बिना निष्कर्ष सकियो, अर्को बैठक २० गते 

२०७७ बैशाख, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

वैशाख १७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भर्खरै सकिएको छ । साँझ ५ बजे प्रधानमन्त्री निबास बालुवाटारमा बसेको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय हुन नसकेपछि २० गतेका लागि अर्को बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।

आजको बैठकमा पार्टीमा जारी आन्तरिक समस्या, सरकारका काम र स्थायी कमिटीको बैठकका बारेमा छलफल भएको र  वैशाख २० गते पुनः सचिवालयको बैठक बसेर यी विषयमा छलफल गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

नेकपा अध्यक्ष केपी शर्मा ओली र र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलवार बालुवाटारमा भएको छलफलपछि आज बैठक बस्ने सहमती भएको थियो । सरकारले दुई अध्यादेश ल्याएपछि चर्किएको विवाद समाधान गर्न नेताहरूले सचिवालय बैठक बस्नुपर्ने माग गर्दै आइरहेका थिए । बैठकमा पार्टीभित्र पछिल्लो समय देखिएको विवाद समाधानका विषयमा छलफल हुने बताइएको थियो ।

नेकपाभित्र विवाद उत्कर्षमा पुगेको समयमा भइरहको सचिवालय बैठकलाई निकै महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्दा पार्टीलाई बाइपास गर्ने गरेको, सरकारका काम कारबाहीले पार्टी नै बदनाम भएको अर्का अध्यक्ष प्रचण्ड, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र पूर्व प्रधानमन्त्री झलनाथ खनाल पक्षले लगाउँदै आएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)