ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरामा रहेका म्याग्देलीलाई खाद्यान्न सहयोग

२०७७ बैशाख, १८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

वैशाख १८, म्याग्दी । पोखरामा एक महीनाभन्दा बढीको लकडाउन (बन्दाबन्दी)का कारण समस्यामा परेका म्याग्देलीहरूलाई सहयोग गर्न म्याग्दी–पोखरा चौतारी सक्रिय रूपमा लागिपरेको छ ।

अध्ययन, रोजगारी, मजदूरी वा अन्य कामका लागि पोखरामा गएका र लकडाउनका कारण काम बन्द भएपछि समस्यामा परेका म्याग्देलीहरूलाई म्याग्दी–पोखरा चौतारीका उपाध्यक्ष गोपाल घिमिरेको व्यवस्थापनमा खाद्यान्न लगायत सामग्री वितरण गरिएको छ ।

एक महीना लामो लकडाउनका कारण ज्याला मजदूरी गर्न नपाउँदा समस्यामा परेका व्यक्तिहरूलाई म्याग्दी–पोखरा चौतारीका उपाध्यक्ष घिमिरेले वैशाख २ गते पोखरामा मजदूरी गर्ने म्याग्दीका १८ घरपरिवारलाई आफ्नै खर्चमा चामल, दाल, लगायतका खाद्यान्न सहयोग गरेका थिए ।

त्यसैगरी बिहीवार म्याग्दी पोखरा चौतारी र हरिकृष्ण गिरी (विज्ञान)को आर्थिक सहयोगमा ३७ घरपरिवारलाई खाद्यान्न वितरण गरेको उपाध्यक्ष घिमिरेले जानकारी दिए ।

पोखराका विभिन्न स्थानमा रही ज्याला मजदूरी गर्ने र समस्यामा परेका व्यक्तिहरुको खोजी गरी सहयोग गर्ने क्रम जारी रहेको र समस्यामा परेकाहरुलाई आगामी दिनमा पनि म्याग्दी–पोखरा चौतारीले निरन्तर सहयोग गर्ने उपाध्यक्ष घिमिरेले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)