ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखराबाट यूरोपेली मुलुकका १२० विदेशी पर्यटकको उद्धार

२०७७ बैशाख, १८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

वैशाख १८, कास्की । विश्वव्यापी रूपमा कोरोना भाइरसको संक्रमण फैलिएपछि जारी भएको लकडाउनका कारण पोखरामा अलपत्र परेका १२० जना विदेशी पर्यटकको उद्धार गरिएको छ । लकडाउन जारी हुनुअगाडि नै पदयात्रामा गएरका कारण स्वदेश फर्कनबाट वञ्चित भएका विभिन्न देशका पर्यटकलाई लकडाउन खुल्ने अनिच्चित भएपछि रातदूतावासको सहयोगमा उद्धार गरिएको हो । 

उद्धार गरिएकामध्ये केही विदेशमा बस्दै आएका नेपाली नागरिक र नेपाली मुलका विदेशी नागरिक समेत छन् । लकडाउनका कारण पोखरामा अलयत्र परेका १२० जना युरोपियन देशका पर्यटकको उद्धार गरी काठमााडौं पठाइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । ‘स्वीस र फ्रेन्च राजदूतावासको सहयोगमा पर्यटकलाई पोखराबाट पर्यटक बसमार्फत काठमाडौं पठाइएका छौं,’ उनले भने, ‘अब काठमाडौंदेखि हवाई उडान मार्फत पर्यटकलाई आ–आफ्नो देश फर्काइनेछ ।’

उद्धार गरिएका पर्यटकहरुमा सबैभन्दा धेरै फ्रेन्चका ४० जना, जर्मनका ११ जना र अन्य विभिन्न युरोपियन देशका नागरिक रहेका छन्। उनीहरुको उद्धारका लागि फ्रेन्चसहित युरोपेली युनियनले स्वदेश फर्काउनका लागि बिषेश पहल गरेको हो ।

युरोपेली युनियनले पोखरा लगायतका ठाउँबाट उद्धार गरिएका र काठमाडौंमा रहेका करिब तीन सय भन्दा बढी पर्यटकलाई स्वदेश फर्काउने पहल थालेको हो।
पोखराबाट पर्यटकलाई ३ वटा पर्यटक बस मार्फत काठमाडौं पठाइएको पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष सोम थापाले बताए । ‘पोखरामा अलपत्र परेका युरोपियन देशका पर्यटकलाई बस मार्फत काठमाडौं पठाएका छौं,’ उनले भने । ‘उनीहरू सहित अन्यलाई राजदूतावासको सहयोगमा काठमाडौंबाट युरोप पठाइनेछ ।’

नेपाल सरकारले लकडाउनको घोषणा गर्नु अघि नै उनीहरु नेपाल भ्रमणमा आएका थिए। लकडाउन हुनुभन्दा पहिले गण्डकी प्रदेशका विभिन्न पर्यटकीय स्थानको भ्रमण गरे पनि त्यसपछि भने उनीहरु  पोखराका होटलमै थुनिएर बस्न बाध्य भएका थिए । पर्यटकहरुलाई स्वदेश फर्किने क्रममा स्वास्थ्यकर्मीबाट सामान्य स्वास्थ्य जाँच गरिएको  थियो । यस अघि पनि पोखराबाट लडडाउनका कारण समस्यामा परेका विभिन्न देशका ९३५ जना विदेशी पर्यटकको उद्धार गरिसकिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)