ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चीनको  प्रान्तिय सरकारद्वारा बाग्मती र प्रदेश–५ लाई स्वास्थ्य सामग्री प्रदान

२०७७ बैशाख, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

वैशाख १९, काठमाडौं । कारोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न चीनको गान्सु प्रान्त सरकारले नेपालको बाग्मती प्रदेश र प्रदश नं ५ लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । 

शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा आयोजित एक कार्यक्रममा गान्सु प्रान्त सरकारका प्रतिनिधि होङ्ग होङ्गले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईको उपस्थितिमा सो मन्त्रालयका सचिव केदारवावु अधिकारीलाई २० हजार थान सर्जिकल मास्क र १ हजार थान  पीपीई हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा मन्त्री भट्टराइले कोरोना विरुद्धकोे लडाई जित्नका लागि प्राप्त स्वास्थ्य सामग्रीले ठूलो मद्दत पुग्ने बताउँदै यो सहयोगले नेपाल –चीनवीचको सम्वन्धलाई अझ सुदृढ बनाउनुका साथै दुई देशका जनतावीचको सम्वन्धलाई पनि प्रगाढ बनाउने विश्वास व्यक्त गरे । 

मन्त्रालयका सचिव अधिकारीले यसवीचमा चीन सरकारका विभिन्न तहबाट नेपाललाई विभिन्न खालको प्राप्त सहयोग प्राप्त भएको भन्दै सहयोगका लागि सरकारका तर्फबाट धन्यवाद दिए । 
त्यस्तै गान्सु प्रान्त सरकारका प्रतिनिधि होङ्गले आफ्नो सरकारका तर्फबाट यो पहिलो साहायता भएको उल्लेख गर्दै आवश्यकता अनुसार थप सहयोग गर्दै जाने बताए । 

उनले चीन कोरोनाको प्रकोपबाट  प्रभावित देशहरुलाई सक्दो सहयोग गर्न चाहिरहेको उल्लेख गर्दै कोरोना विरुद्धको यो लडाई जित्न थप आवश्यकता चाहिएमा खुलस्त रुपमा भन्न समेत आग्रह गरे । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)