ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतमा लकडाउन : दुई साता लम्बियो तर केहि खुकुलो हुँदै

२०७७ बैशाख, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

वैशाख १९, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तिव्ररुपमा  फैलने क्रम बढेपछि अन्तत : भारत सरकारले लकडाउनलाई लम्ब्याएको छ ।

त्यहाँको गृह मन्त्रालयले शुक्रवार देशव्यापी लकडाउनलाई थप दुई साताका लागि लम्ब्याउने निर्णय गरेको हो । यो निर्णय आगामी बुधवार अर्थात् मे ४ देखि लागू हुने छ । भारतमा मार्च २४ देखि लकडाउन शूरु भएको थियो ।

भारतीय टेलिभिजन च्यानल आजतकले आफ्नो वेबसाइटमा उल्लेख गरे अनुसार  शुक्रवार साँझ आठ बजेसम्म कोरोना भाइरसको संक्रमणबाट १ हजार १५२ जनाको मृत्यु भएको छ भने ३५ हजार ३६५ जना संक्रमित भएका छन् ।

भारतमा संक्रमण तिव्र रुपमा  फैलिएको र नागरिकको  मृत्यु हुने  क्रम नरोकिएता पनि अर्थतन्त्रमा पर्ने असरलाई ध्यानमा राख्दै त्यहाँको सरकारले विभिन्न जिल्लालाई जोखिमका आधारमा रातो, सुन्तला र हरियो  क्षेत्रमा  वर्गिकरण  गरेको छ । र सोही आधारमा  कोरोना  रोकथाम तथा  नियन्त्रणका लागि कानूनहरु लागू गरिएको छ ।

जसअनुसार हरियो क्षेत्रका  केहि जिल्लामा आर्थिक गतिविधि सुरक्षाका उपायहरु अवलम्वन गरेर सञ्चालन गर्न अनुमति दिइएको छ । त्यस्ता क्षेत्रमा निर्माण गतिविधि,खाद्य उत्पादन, ईंटाभट्टालाई सुचारु गर्न अनुमति दिइएको छ ।

भारतको राजधानी  नयाँदिल्ली  लगायत १३० जिल्लालाई कोरोना संक्रमणको उच्च जोखिम भएको रातो  क्षेत्रमा वर्गिकरण गरिएको समाचार आजतकले आफ्नो वेबसाइटमा  छापेको छ । लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र परेकाहरुलाई गन्तव्यमा पुर्‍याउन  भारत सरकारले  शुक्रवारदेखि ६ ओटा रुटमा  रेलसेवा शुरु गर्न अनुमति दिएको छ ।

त्यहाँको विभिन्न राज्यमा अलपत्र परेका सर्वसाधारण,  आप्रवासी  कामदार,तीर्थयात्री, विद्यार्थी तथा र पर्यटकलाई लक्षित गर्द रेल सेवा शुरु भएको पनि आजतकले बताएको छ ।

पछिल्लो पटक त्यहाँको सरकारले घोषणा गरेको लकडाउन केहि खुकुलो हुने बताइएको छ किन कि मार्च २४ यता  त्यहाँको अर्थतन्त्र प्रत्यक्ष रुपमा प्रभावित भएको छ । अत्यावश्यक सेवाका बाहेक  उद्योग तथा कलकारखानाहरु बन्द छन् भने कतिपय उद्योगहरुले  पर्याप्त कच्चा पदार्थ तथा कामदारको अभावमा आफ्नो  उत्पादनमा कटौती गरेका छन्  ।

लगातारको बन्दले अर्थतन्त्रमा असर पर्नुका साथै नागरिकको आयस्तरमा नराम्रो असर पुगेको भन्दै राज्य सरकारहरुले खुकुलो पार्नुपर्ने माग गरेपछि मे ४ देखि  लागू हुने थप दुई साता लामो लकडाउन रातो  र सुन्तला रंगका जिल्ला बाहेकका अन्य जिल्लामा केहि खुकुलो पर्ने योजनामा रहेको भारतीय समाचारपत्र हिन्दुस्तान टाइम्सले अनलाईन  संस्करणमा समाचार छापेको छ ।


हुन त छिमेकी राष्ट्र भारतमा थप दुई  सातासम्म लकडाउन लम्ब्याउने निर्णयपछि यसको प्रभाव नेपालमा  पनि पर्ने निश्चित छ किन भने नेपालमा सरकारले वैशाख २५ गतेसम्म  लकडाउन लम्ब्याएको छ ।

खुल्लासिमाना रहेको नेपाल र भारत दुवै कोरोना भाइरसको संक्रमण न्यूनीकरण तहमा नआउन्जेलसम्म ‘पर्ख र हेर’ को  अवस्थामा रहने  देखिएको छ ।एजेन्सीको सहयोगमा

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)