ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना संकटपछि नेपाल–भारतबीचको पर्यटनलाई  नयाँ गतिदिने सहमति

बजारिकरण र प्रवर्द्धनकालागि दुवै तर्फबाट  सहकार्यमा जोड 

२०७७ बैशाख, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

वैशाख १९, काठमाडौं । नेपाल र भारतका पर्यटनसँग सम्बन्धित  संघ–संस्थाहरुले कोरोना भाइरसको संकटपछि नेपाल–भारतबीचको पर्यटनलाई नयाँ गति दिने कुरामा सहमति गरेका छन्  ।
 नेपाल पर्यटन बोर्डको संयोजनमा नेपाल र भारतका पर्यटन व्यवसायीबीच शुक्रवार भएको भीडीयो सम्वादमा उनीहरुले बजारिकरण र प्रवर्द्धनकालागि दुवैतर्फको सहकार्यमा जोड दिइएको छ । छलफलमा नेपाल–भारत पर्यटन टास्क फोर्स समिति बनाउन नेपालले गरेको प्रस्तावलाई आगामी दिनका छलफलले टुंग्याउने सहमति पनि भएको छ । 

बोर्डले आगामी दिनमा भारतीय समकक्षीहरुसँगको छलफललाई निरन्तरता दिने र यस किसिमको गन्तब्य वेबिनार(अनलाईन सम्मेलन) संयुक्त रुपमाआयोजना गर्दै जाने निर्णय भएको बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले जानकारी दिए ।

छलफलका क्रममा नेपाली र भारतीय ट्राभल उद्योगले समन्वयमा काम गरी भारतीय पर्यटकलाई नयाँ आत्मविश्वास प्रदान गर्नुपर्ने विषयमा उनीहरुले जोड दिएको उनले बताए ।
नेपाली आतिथ्यता र सत्कारलाई नेपाली पर्यटनको आधार भएको मनन गरी नेपालको नयाँ परिचय स्थापित गराउने कार्यलाई तिब्रता दिन पनि सहभागीहरुले अनुरोध गरेको रेग्मीले बताए  । 

छलफलमा डा रेग्मीले बोर्डले वर्तमान संकटका समयमा नेपालमा भएका पर्यटकलाई आफ्नो देश फर्किन गरिरहेको काम, नेपाली पर्यटन उद्योगमा  भएको क्षतिको विवरणका लागि सर्भेक्षण भइरहेको र नेपाल सरकारसँग पर्यटन उद्योगलाई राहत प्याकेजका लागि गरिरहेको पहलका बारेमा उनीहरुलाई जानकारी गराएका थिए ।

उनले नेपाली पर्यटन उद्योगलाई आगामी दिनमा आवश्यक हुने  स्वच्छ सफाई (हाइजिन स्यानिटेशन) को व्यवस्था, भारतीय बजार लक्षित हिल स्टेशन र मझौला पहाडी भागमा नयाँ पर्यटकीय गन्तब्यको विकासका साथै ती स्थानहरुमा मनोरञ्जनका आयामकालागि बोर्डले गरिरहेको पहलहरुका बारेमा समेत जानकारी दिएका थिए । 

छलफलमा सहभागी भारतीय पर्यटनसँग सम्बनिधत संस्थाका प्रमुखहरुले कोरोना संकट पश्चात भारतीय पर्यटकहरु भ्रमणमा सामाजिक दूरीका साथै सुरक्षाका विषयमा बढी सचेत हुने बताउँदै नेपालले गन्तब्यहरुमा यसको प्रबन्ध गर्नु पर्नेमा जोड दिएका थिए ।

उनीहरुले विषम परिस्थितिमा पनि कोरोना भाइरसको संक्रमणबाट हालसम्म शून्य मृत्युको अवस्थाले आगामी दिनमा भारतीय बजारहरुमा छुट्टै स्थान बनाउने र नेपालप्रतिको विश्वास अझ बढाउने बताए । 

भारतीय पर्यटनका अगुवाहरु भारतीय ट्राभल एजेण्टस एशोसिएशनका अध्यक्ष ज्योति मयल, बज भारतीय ट्राभलका प्रमुख  सञित जैन लगायतका व्यक्तिहरु छलफलमा सहभागी रहेको पर्यटन बोर्डले जानकारी दिएको छ । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)