ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चर्किएको विवादमा छलफल गर्न बालुवाटारमा नेकपाको सचिवालय बैठक शुरु

२०७७ बैशाख, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

वैशाख २०, काठमाडौं  । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक अहिले केही समयपछि बालुवाटारमा शुरु भएको  छ ।

अध्यादेश प्रकरणपछि चर्किएको नेकपाको आन्तरिक शक्ति संघर्षकाबीच गत बुधवार पनि सचिवालयको बैठक बसेको थियो । तर उक्त बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनापछि आफुले राजीनामा दिने र त्यसपछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीमा तथा माधवकुमार नेपाललाई तेस्रो बरियताको अध्यक्ष बनाउने प्रस्ताव प्रस्ताव गर्नु भएको थियो । 

सोही दिनको बैठककै निरन्तरताको रुपमा यो बैठक बस्न लागेको हो । बैठक भर्खरै सांझ  ६ बजे बालुवाटारमा शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लहाकार सूर्य थापाले जानकारी दिए ।

अध्यादेश प्रकरणपछि पार्टी भित्र ओलीको आलोचना बढ्दै जाँदा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले प्रधानमन्त्री ओलीले राजिनामा दिनु पर्ने दबाब दिंदै आएका छन् । 

सरकारले गत वैशाख ८ गते राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ ल्याएपछि नेकपा भित्र एकाएक विवाद चर्किएको हो ।

सत्तारुढ दल र प्रतिपक्षको दबाबकाबीच सरकारले अध्यादेश जारी भएको पाँचौ दिनका दिन अध्यादेश फिर्ता लिएपनि नेकपामा प्रचण्ड तथा नेपाल पक्षले प्रधानमन्त्री ओलीको राजीनामा मागेको छ । 

वैठकमा आफ्नो राजीनामा बारे  छलफल भएपछि  सांसद नै नभएका उक्त पार्टीका वरिष्ठ नेता बामदेव गौतमलाई प्रधानमन्त्रिका लागि प्रस्ताव गरिएको थियो । संविधानहः अहिले गौतम प्रधानमन्त्री बन्ने अवस्था भने छैन् ।

त्यसो त हालैका दिनमा उक्त पार्टीका नेताहरु आ–आफ्नो रणनीति बनाउन व्यस्त रहेका छन् । 

यसवीचमा प्रधानमन्त्री ओली र नेपाल तथा नेपाल र प्रचण्ड बीच पटक –पटक भेट भएको छ । शनिवारको बैठकमा प्रधानमन्त्री ओलीले गरेको प्रस्तावलाई थप स्पष्ट पार्न प्रचण्ड–नेपाल पक्षले आग्रह गर्ने बताइएको छ । प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीको राजीनामा माग्दै स्थायी समिति बैठक आव्हान गर्न माग गरेपनि ओली पक्षले त्यसलाई टार्दै आएको छ । अध्यादेश प्रकरणपछि उत्पन्न विवाद समाधान गर्न भन्दै २० जना स्थायी कमिटी सदस्यले बैठकको माग पनि गरेका छन् ।

नेकपामा विधानतः तीन–तीन महिनामा बस्नुपर्ने व्यवस्था छ । तर स्थायी समिति बैठक पुस ६ गते यता बसेको छैन । पार्टी कमिटीका ४० प्रतिशत सदस्यले लिखित रूपमा  माग गरेपछि बैठक बस्नुपर्ने बाध्यकारी व्यवस्था पनि छ । 

पार्टीभित्र उत्पन्न विवाद समाधानको लागि नेताहरूले आ– आफ्नो रणनीति तय गरेका छन् । प्रधानमन्त्री ओली तथा अध्यक्ष प्रचण्ड–नेपाल समूहबीच तीब्र ध्रुवीकरण भइरहेका समयमा बस्न लागेको बैठकलाई महत्वकासाथ हेरिएको छ ।  


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)