ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेकपा स्थायी समिति बैठक वैशाख २५ गते

२०७७ बैशाख, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले वैशाख २५ गते स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको छ । शनिवार बालुवाटारमा सम्पन्न बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै बैठकले पार्टी एकतालाई एकताबद्ध बनाउँदै लैजाने र सरकार सञ्चालन गर्दा पार्टीको निर्देशनअनुसार गर्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा सरकारका हालसम्म भएका गतिविधिमा अध्यक्ष तथा प्रधानमन्त्रीले ओलीले आत्मालोचना गरेको प्रवक्ता श्रेष्ठले बताए । त्यस्तै, अध्यक्ष पुष्पकमल दाहाललगायतले पनि पार्टी सञ्चालनमा भएका कमीकमजोरीमा आत्मालोचना गर्दै अगाडि बढ्ने निर्णय भएको श्रेष्ठले बताए ।

आफूलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन पार्टीभित्रैबाट दबाब आएपछि प्रधानमन्त्री ओलीले वैशाख १७ गते बुधवार बसेको सचिवालय बैठकमा आपूmले प्रधानमन्त्री पद छाड्नुपर्ने भए कोरोना संक्रमणपछि उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गर्नुभएको थियो । सरकार सञ्चालनमा पार्टीभित्र छलफल नगरेको, सरकार सञ्चालन गर्दा विवाद आउने गरी काम गरेको जस्ता आरोप लगाउँदै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने दबाब दिएका थिए । नेकपा प्रवक्ता श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले अघिल्लो बैठकमा आफूले गरेको प्रस्तावअनुरूप गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउन कुनै एक क्षेत्र खाली गराउन पहल गर्न बैठकलाई आग्रह गरेको नेकपाका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)