ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनको उपयोग गरी म्याग्दीमा साढे ७ किमी मोटरबाटो निर्माण

२०७७ बैशाख, २१  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

वैशाख २१, म्याग्दी । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न देश लगकडाउन (बन्दाबन्दी)मा छ । मानिस व्यापारी, व्यवसाय, अध्ययन, नोकरी लगायत काम छोडेर घरभित्र नै बसेको अवस्थामा म्याग्दीका दुई गाउँपलिकाका स्थानीयले भने साढे ७ किमी मोटरबाटो निर्माण गरेका छन् ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा लकडाउनकै सदुपयोग गर्दै सडक निर्माण गरिएको छ । त्यसैगरी बेनी नगरपालिका १० पात्लेखेतमा ५ किमी सडक निर्माण गरिएको सडक निर्माण समितिका अध्यक्ष समिर रोकाले जानकारी दिएका छन् । शिखको तल्लो गाउँदेखि घिर्वाङ जोड्ने सडक निर्माण गरिएको हो । वैशाख पहिलो हप्ता सुरु भएको सडक निर्माण कार्य यसै हप्ता सम्पन्न भएको स्थानीय सेते तिलिजाले जानकारी दिए । स्थानीय स्तरमा उपलब्ध उपकरण (डोजर र मजदुरं)परिचालन गरेर सडक निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष भविन्द्र गुरुङले बताए ।

‘यही भएको डोजर र मजदुरलाई सामाजिक दुरी कायम गरी सतर्कता अपनाएर सडक खनेका हा’ै, उनले भने ‘विकास पनि भयो, मजदुरहरुले रोजगारी पनि पाए ।’ २.५ किलोमिटर दुरीको सडकको चौडाई ४.५ मिटर रहेको उनले जानकारी दिए ।

कुल १५ लाख ७१ हजार ८७० रुपैयाँँको लागतमा सडक निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । अन्नपूर्ण गाउँपालिकाले आठ लाख २५ हजार रुपैयाँ बिनियोजन गरेको सडक निर्माणमा स्थानीय स्रोत र नगद समेत परिचालन भएको वडा अध्यक्ष दिनेश तिलीजाले बताए । तल्लो शिखबाट चार लाख, पाउद्धारबाट एक लाख, शिख देउरालीबाट पचास हजार र किन्दुबाट पचास हजार रुपैयाँ आर्थिक सहयोग संकलन भएको थियो । उपभोक्ताले एक लाख ४६ हजार ८७० रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।
सडक निर्माण भएपछि शिख, किन्दु, झारवाङका १३० घरधुरीका ५०० जनसंख्या लाभान्वित भएका छ । आवत जावत, निर्माण र खाद्यान्न सामग्री ढुवानी तथा आलु, तरकारी लगायत कृषि उपज निकासीमा सहज भएको छ ।

त्यसैगरी म्याग्दीको बेनी नगरपालिका–१०, पात्लेखेत गाउँका युवाले बन्दाबन्दीको समयको सदुपयोग गर्दै सुरक्षित तरिकाले करीब ५ किलोमीटर सडक निर्माण गरेका छन् । गाउँँमा उत्पादित कृषिजन्य वस्तु बोकेरै बेनी बजारसम्म ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न उनीहरूले सडक निर्माण गरेर उदाहरणीय काम गरेका हुन् ।  
सडक निर्माणका लागि  बेनी नगरपालिकाले  रू.४ लाख , पात्लेखेत नेपाने धैरेनी उपभोक्ता समितिका सदस्यबाट रू. १ लाख रकम  संकलन गरी निर्माण सम्पन्न गरिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष समिर रोकाले जानकारी दिए । 

उनका अनुसार सडक निर्माण गर्दा प्राकृतिक स्रोत–साधनलाई नष्ट नगरी सडक निर्माण गरिएको छ । सडक निर्माणपछि पात्लेखेतमा उत्पादन भएका तरकारी, फलफूल लगायत कृषि उपज बजारसम्म पु¥याउन सहज हुनुका साथै बिमारी पर्दा र अन्य कामका लागि पनि निकै सहज हुने अध्यक्ष रोकाले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)