ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतमा लकडाउन खुकुलो, बैंकमा सेवाग्राहीको भीड ह्वात्तै बढ्यो

२०७७ बैशाख, २१  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

वैशाख २१, पर्वत । पर्वतको कुश्मामा रहेका बैंकहरुमा सेवाग्राहीको भीड ह्वात्तै बढेको छ । बैंक तथा वित्तिय संस्थामा हुने कारोबारमा प्रसाशनले सहजीकरण गरेपछी बैंकमा आइतवार भीड लागेको हो । 

एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, नेपाल बैंक, गरिमा विकास बैँक लगायतका बैंकहरुमा आइतवार भीड लागेको हो । लामो समयसम्म कारोबार गर्न नसकेका सर्वसाधारणहरु लाइनमा बसेर सेवा लिएका छन् । यद्यपी सामाजिक दूरी भने कायम नभएको पाइएको छ ।

जिल्लामा संक्रमित नभेटिएसँगै बैंकहरुमा सेवा लिन आउने सेवाग्राहीहरु बढ्न थालेका छन् । एभरेष्ट बैंक र नेपाल बैंकमा पेन्सन बुझ्नेहरुका कारण भीड देखिएको हो । जिल्लाका ७ ओटै स्थानीय तहले बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका छन् । भत्ता लिने र पेन्सन लिनेहरुका कारण बैंकमा एकै पटक भीड बढेको नेपाल बैंक लिमिटेड कुश्माका प्रवन्धक नवराज दवाडीले बताए ।

पर्वत जिल्ला मात्रै नभई गण्डकी प्रदेशमा अहिले कोरोना संक्रमित देखिएका छैनन् । बागलुङका दुई जना संक्रमित निको भएपछि पर्वतमा त्रास कम हुँदै गएको हो । त्रास कम हुँदै गएपछि सर्वसाधारणहरु सामान्य जीवनतर्फ उन्मुख हुन थालेका छन् ।

पर्वत जिल्लामा भने हालसम्म संक्रमिण फेला परेका छैनन् । ८४ जनाको पीसीआर प्रविधिमार्फत भएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ भेटिएको छ । 

यसैगरी आरडीटी प्रविधि मार्फत गरिएको ३६८ जनाको परीक्षण पनि नेगेटिभ भेटिएको छ । सुरक्षा अधिकारीहरुले लक डाउन खुकुलो बनाइएको जानकारी नगराए पनि नागरिकहरु भने आफ्नो सामान्य दिनचर्यामा फर्कन थालेका छन् ।

बजारमा अत्यावश्यक खाद्यन्न पसलहरु, तरकारी पसलहरु, औषधि पसलहरु खुला छन् । खाद्यन्न सामाग्री ढुवानी तथा निर्माण सामाग्री ढुवानी गर्ने प्रयोजनका लागि सवारीहरुमा सहज आगमनको व्यवस्था मिलाइएको छ । 

गाउँबाट बजार र बजारदेखि गाउँ आउने जानेहरुको आगमनमा पनि कडाइ गरिएको छैन । सदमुकामदेखि जिल्लाका मुख्य व्यापारीक केन्द्रहरु भने बन्द छन् । सार्वजनिक यातायात सञ्चालनमा छैनन् । जिल्लामा सञ्चालित विकास निर्माणका केहि आयोजनाहरुको काम भने शुरुआत भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)