ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान

२०७७ बैशाख, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन वैशाख २६ गतेदेखि शुरू हुने भएको छ । सरकारले गरेको सिफारिशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अधिवेशन आ⋲वान गर्नुभएको हो । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको थियो ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपति भण्डारीले वैशाख २६ गते शुक्रवार अपरा⋲न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बैठक बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको संसद् सचिवालयले जानकारी दिएको छ ।

सघीय संसद्को बजेट अधिवेशनमा सरकारको आगामी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिन्छ । जेठ १५ गते बजेट पेश गर्नुपर्ने सवैधानिक व्यवस्थाका कारण सरकारले अधिवेशन शुरू गर्ने निर्णय गरेको हो । नेपालको संविधानको धारा ११९ मा संघीय सरकारको अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ महीनाको १५ गते संघीय संसद्मा बजेट पेश गर्नुपर्ने प्रावधान छ । त्यसैअनुरूप सरकार अहिले आउँदो आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेटको तयारीमा लागेको छ ।

संसद्को बजेट सत्र बोलाउने बारेमा गएको बुधवार सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए । संसद्को बजेट अधिवेशनको तयारीबारे प्रधानमन्त्री ओलीले केही दिनअघिमात्र संसद् भवनको निरीक्षण गर्नुभएको थियो । कोरोना भाइरसका कारण सामाजिक दूरी कायम गरी संसद्को अधिवेशन गराउन व्यवस्था मिलाइएको संसद् सचिवालयले बताएको छ ।
.
राष्ट्रपतिले संसद् आह्वान गरेपछि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद्का बैठकहरू सञ्चालन गर्ने विषयमा आइतवार छलफल गरेका छन् । कोरोना संक्रमणको सम्भावित जोखिम रोक्ने सम्पूर्ण उपाय अपनाउँदै संघीय संसद्का बैठकहरू सञ्चालन गर्ने विषयमा आइतवार छलफल गरेको संसद् सचिवालयले बताएको छ । सभामुख सापकोटाले संसद् सचिवालयका वरिष्ठ अधिकारीहरू, स्वास्थ्य टोलीलगायतसँग संसद् बैठकको व्यवस्थापनलाई सुरक्षित बनाउने विषयमा छलफल गरेका थिए । संसद् सचिवालयले विश्व स्वास्थ्य संगठनको मापदण्ड र स्वास्थ्य सेवा विभाग, टेकुका चिकित्सक टोलीले संघीय संसद् भवनमा यही वैशाख १८ गते गरेको स्थलगत अनुगमनका क्रममा दिएको सुझावलाई आधार बनाएर सांसदहरूको बसाइ व्यवस्थापन गरिरहेको जानकारी दिएको छ ।

कोरोना भाइरस (कोभिड(१९) संक्रमणको त्रासका कारण सामाजिक दूरी कायम गरेर संघीय संसद्को दुवै सदनको बैठक सञ्चालन गर्ने तयारी पूरा भएको संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए । बजेट पेश हुनुभन्दा १५ दिनअगाडि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरिसक्नुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीको नियम १४२ मा छ ।

 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)