ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राहत प्याकेजका लागि पर्यटन उद्योगमा तथ्यांक अभाव 

पर्यटन उद्योगमा निजी क्षेत्रको १ खर्ब ६० अर्ब लगानी 

२०७७ बैशाख, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

वैशाख २२, काठमाडौं  । पर्यटन उद्योगमा एकीकृत तथ्यांकको अभावले राहत प्याकेजमा समस्या पर्ने देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण जारी लकडाउनले सबैभन्दा बढि प्रभावित भएको क्षेत्र पर्यटन भएपनि यसमा आधिकारिक तथ्यांकको अभाव देखिएको नेपाल  पर्यटन बोर्डले  बताएको छ ।


 कोरोनापछिको नेपाली पर्यटनका विषयमा नेपाल पर्यटन बोर्डद्वारा सोमवार आयोजित भीडीयो सम्वादमा बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मीले पर्यटन क्षेत्रमा आधिकारिक रुपमा रू.१ खर्ब ६० अर्ब लगानी र करीब ३ लाख रोजगारी सृजना गरेको अध्ययनमा देखिएको बताए । 

तर विभिन्न संघसंस्थाले बताउँदै आएअनुसार नेपालको पर्यटन क्षेत्रमा सो रकमभन्दा बढि लगानी र आठ देखि १० लाख रोजगारी सृजना भएको भएको छ । सरकारले यसअघि पनि पर्यटन उद्योगमा भएको कुल लगानी, रोजगारीका विषयमा तथ्यांक माग गरेपनि व्यवसायी स्वयंले तथ्यांक दिन सकेका थिएनन् । जसलेगर्दा कोरोनाको पर्यटन उद्योगमा प्रभाव र राहतको लागि समस्या हुने देखिएको छ । 

डा रेग्मीले आधिकारिक रुपमा बोर्डले गरेको अध्ययनमा ८३७ ओटा फर्महरुले सहभागिता जनाएको र उनीहरुबाट प्राप्त तथ्यांक हेर्दा करीब रू.६० अर्ब बैंकको ऋण तथा मासिक रू.१ अर्बजति किस्ता तथा व्याज तिर्नुपर्ने देखिएको बताए ।

 ‘सरकारले बजेट मार्फत यो क्षेत्रमा राहत प्याकेज ल्याउँदा आधिकारिक रुपमा दर्ता भएका कर तिरेकोलाई सम्बोधन गर्ने गरी ल्याउने हो, त्यसो गर्दा अरु छुट्न सक्छन्,’ उनले भने । तर डा रेग्मीले अनौपचारिक रुपमा गरिएको लगानी र यसमा अप्रत्यक्ष रोजगारी हेर्दा केही बढ्न भने सक्ने बताए । 

पर्यटन बोर्डले लकडाउनपछि होटल, एअरलायन्स,  ट्रावल टुर्स, माउण्टनेरिङ, र्‍याफ्टिङ र अन्य गरी पर्यटन उदोगलाई सात श्रेणीमा विभाजन गरी यस क्षेत्रमा भएको लगानी, बंैक ऋण तथा मासिक किस्ता र ब्याज तथा यो क्षेत्रले सृजना गरेको रोजगारीको अध्ययनन गरेको थियो । 

छलफलका क्रममा डा रेग्मीले नेपालको पर्यटनलाई पहिलो चरणमा बचाउने खालको रणनीति र त्यसपछि पूर्ववत अवस्थामा फर्काउने दीर्घकालीन रणनीति आवश्यक भएको बताए । 

उनले आफुहरुले गरेको अध्ययन तथा विभिन्न संघसंस्थाहरुका सुझावका आधारमा राहत प्याकेजको लागि पर्यटन मन्त्रालयमा आफूले सुझाव पेश गरिसकेको जानकारी दिए । उनले नेपालको पर्यटन प्रवर्द्धनका लागि पहिले आन्तरिक पर्यटन प्रर्वद्धनमा जोड दिनु पर्ने र सोको लागि सरकारले आउने बजेट मार्फत त्यसको व्यवस्था गर्नुपर्ने पनि बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)