ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुत्केरीलाई कोशेली पुर्‍याउने अभियानमा पोखरा महानगर

२०७७ बैशाख, २२  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

वैशाख २२, कास्की । पोखरा महानगर यति बेला सुत्केरीलाई कोशेली पुर्‍याउने अभियानमा जुटेको छ । महानगरले लकडाउनबाट प्रभावित ३१ हजार निम्न वर्गीय परिवारलाई राहत वितरण गरेर सुत्केरीलाई पौष्टिक आहार सहित भेटघाटमा जुटेको हो ।

महानगरले सुत्केरी भएर घरमै बसेका महिलाहरुलाई भेटेर कोशेलीका रुपमा उनीहरुलाई घिउ, हर्लिक्स, तेल, साबुन सहित नगद रू. ५०० उपलब्ध गराउने अभियान शुरु गरेको हो । 

आफन्त र माइतीको अत्यास मेटाउँदै अभिभावकीय भुमिका निर्वाह गर्न सुत्केरी भेट्ने अभियान शुरु गरेको महानगरले जानकारी दिएको छ । 

महागनरले पहिलो दिन पोखराका विभिन्न ठाउँमा रहेका १८ जना सुत्केरी महिलालाई पौष्टिक आहार उपलब्ध गराएको छ । शनिवारसम्म २६ जना सुत्केरीको नाम महानगरको टिपेको थियो । 

आइतवार पोखरा महानगरपालिका वडा नम्बर ९, १० र १५ मा  वडा अध्यक्ष, वडा सदस्य र महानगरका कर्मचारी पौष्टिक आहार लिएर सुत्केरी भेट्न घरदैलोमा पुगेका छन् ।

सुत्केरी महिलालाई आवश्यक पर्ने पौष्टिक आहारको अभाव भएको गुनासो आएपछि महागनरले रू. १ हजार ५०० बराबरको प्याकेज सहित नगद रू. ५०० दिने निर्णय गरेको पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बताईन् । 

‘सुत्केरी भएपछि पोशिलो खाना खानुपर्ने महिलालाई हर्लिक्स, घिउँ, तेल उपलब्ध गराएका छौ’ उनले भनिन् । ‘हामीले दिएको बाहेक केही आवश्यक सामग्री किन्न नगद रू. ५०० समेत उपलब्ध गराएका छौ ।’

चैत ११ गतेपछि सुत्केरी भएका ४५ दिन सम्मका महिलाहरुलाई महानगरले पौष्टिक आहार उपलब्ध गराएको उनले बताइन् । ‘सुत्केरी प्याकेजमा नाम टिपाउने सबैलाई उपलब्ध गराउने निर्णय भएको छ’ गुरुङले भनिन् । ‘यसलाई राहतको रुपमा भन्दा पनि सुत्केरीका लागि आवश्यक पर्ने पोशिलो खानाका रुपमा बुझ्नु पर्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)