ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनको मोडालिटीबारे मंगलवार निर्णय हुँदै

२०७७ बैशाख, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

वैशाख २२, काठमाडौं  । कोरोना भाइरस (कोभिड–१९) उच्च स्तरीय समितिले वैशाख २५गतेपछि लकडाउनको स्वरुप परिवर्तन गर्ने विषयमा मंगलवार मस्यौदा तयार गरी सरकारलाई बुझाउने भएको छ । 

पछिल्लो पटक थपिएको लकडाउनको समय सकिन तीन दिन बाँकी रहँदा लकडाउनको मोडालिटीबारे छलफल गर्न उच्चस्तरीय समन्वय समिति सोमवार सिंहदरबारमा बसेको बैठकमा लकडाउनको हालसम्म्को अवस्थाको समिक्षा भएको र विभिन्न कोणबाट छलफल र विश्लेषण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका  सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।

अझै दुई–तीन दिनमा प्रदेश, स्थानीय तहबाट सुझाव लिएर वैशाख २५ गतेपछि कसरी अघि बढ्ने भनेर टुंगो लगाइने उनले बताए ।

 ‘सोमवार समीक्षात्मक बैठक भयो, अहिले गरिरहेका प्रयासहरु सही दिशामा रहेको बैठकको निश्कर्ष छ’, उनले भने वैशाख २५ पछि कसरी जाने भन्ने बारे आन्तरिक गृहकार्य र विश्लेषणको सिलसिला जारी छ । ’

उनका अनुसार उच्चस्तरीय समितिले विज्ञहरुसहित बसेर अध्ययन गरिरहेको छ । मंगलवार बस्ने उच्चस्तरीय समितिको बैठकले मस्यौदा तयार गरी सरकारलाई बुझाउने  छ ।
पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख २५ गते सकिंदै छ ।  वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले जारी लकडाउनको अवधि १०  दिन थप गर्दै  वैशाख २५ गतेसम्म लम्ब्याएको थियो ।

सरकारले पहिलो पटक चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो तर कोरोनाको संक्रमण बढ्दै गएपछि सरकारले पटक– पटक लकडाउनको समय थप्दै आएको छ ।

 हालसम्म नेपालमा ७५ जनामा कोरोना संक्रमण देखिएकोमा १६ जना उपचारपछि निको भइ घर फकिएका छन् भने ५९ जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
 सात ओटा प्रदेश मध्ये कर्णाली प्रदेश बाहेक अन्य प्रदेशमा कारोना संक्रमण देखिएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)