ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तीन चरणमा उद्योगहरु सञ्चालन गर्दै जाने तयारी

२०७७ बैशाख, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

वैशाख २३, काठमाडौं  । लकडाउनको अवधि बढ्दै जाँदा सरकारले कोरोना   संक्रमणको कारण बन्द उद्योगहरु तीन चरणमा सञ्चालन गर्ने तयारी गरेको छ ।

यसको लागि सरकाले पहिलो चरणमा आधारभूत आवश्यक्ता परिपूर्ति गर्ने उद्योगहरु, दोस्रो चरणमा विकास निर्माणसँग सम्बन्धित उद्योग र तेस्रो चरणमा निर्यातजन्य उद्योगहरु सञ्चालन गरिने तयारी गरिएको उद्योग  वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले जानकारी दिए । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले कोरोनापछिको उद्योग सञ्चालनको अवस्थाका विषयमा आयोजना गरेका भीडीयो सम्वादमा बोल्दै मन्त्री भट्टले कोरोना संक्रमणको अवधि कसरी जान्छ भन्ने कुनै निश्चित नभएकोले विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका स्वास्थ्य मापदण्डलाई अनुसरण गर्दै उद्योग खोल्ने तयारी भएको बताए । 

‘उद्योग सञ्चालनको लागि मन्त्रालयले कार्यविधि नै बनाएर तयारी गरिएको छ’, उनले भने, ‘आज बस्ने कोरोना नियन्त्रण उच्चस्तरीय समितिमा उद्योग सञ्चालनको मोडालिटीको अन्तिम सुझाव तयार हुने र बुधवारको मन्त्रिपरिषद्ले यसबारे निर्णय लिन्छ । ’ 


मन्त्री भट्टले आगामी आर्थिक वर्षको बजेटमा बढिभन्दा बढि रोजगारी सृजना, उत्पादन वृद्धि, खानी सञ्चालन तथा कृषिमा आधारित उद्योगहरुलाई प्रर्वद्धन गर्ने कार्यक्रम समावेश गरिने जानकारी दिए । उनले रुग्ण उद्योगहरु पीपीपी मोडलमा सञ्चालन गर्ने गरी छलफल भइरहको समेत बताए । 

मुल्वबृद्धि तथा कालोबजारीका विषयमा पत्रकारको जिज्ञासामा मन्त्री भट्टले मुल्य वृद्धि तथा कालोबजारी नियन्त्रण गर्न सरकारले अनुगमन जारी राखेको र मुल्य वृद्धि तथा कालोबजारी गर्नेहरुलाई कारबाहीसमेत गरिएको बताए ।

छलफलमा राज्यमन्त्री मोतीलाल दुगडले उद्योग सञ्चालन गर्न उद्योगीहरु तयार भएपनि श्रमिकहरुको पनि समस्या देखिएको बताए । उनले यसको लागि उद्योगी तथा श्रमिकहरुका उद्योगी तथा टे«ड युनियनका प्रतिनिधिबीच पनि छलफल भइरहको उनले बताए । 

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले कोरोना संक्रमण बढ्दै जाँदा उद्योगहरु थप समस्यामा पर्दै गएको बताए । उनले यो समस्या समाधानको लागि सरकार, नीजि क्षेत्र र श्रमिकहरुले समेत योगदान दिनु पर्ने अवस्था आएको बताए । 

उनले अहिले पनि अधिकाँश उद्योगीहरुले ७० प्रतिशत बैंकको ऋण र ३० प्रतिशत जति आफ्नो लगानी लगाएर उद्योग सञ्चालन गरिरहको अवस्था भएकोले सरकारसँग सहुलियपूर्ण व्याजदरका लागि आग्रह गरेको बताए । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)