ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

संघीय र सुदूरपश्चिम प्रदेशका अर्थमन्त्रीबीच संवाद

विषयगत बैंक स्थापनाको माग

२०७७ बैशाख, २३  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

वैशाख २३, धनगढी । कोभिड–१९ ले प्रदेशमा पारेको प्रभाव आगामी बजेट निर्माणको विषयमा संघीय अर्थमन्त्री डा. युवराज खतिवडा र प्रदेश अर्थमन्त्रीहरूबीच भिडियो संवाद गरिएको छ । संवाद कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले विषयगत बैंक स्थापनाको माग गरेका छन् । पूर्वाधार तथा पर्यटनलगायत विषयगत क्षेत्रअनुसार कृषिका लागि छुट्टै, पूर्वाधार, पर्यटन, भूमिका लागि छुट्टै बैंकको माग गरेका हुन् ।

सुदूरपश्चिममा अझै औद्योगिक एवं व्यावसायिक वातावरण बनिनसकेकाले औद्योगिक मेसिनरी उपकरण आयातमा भन्सार छुट, आयातलाई निरुत्साहित गर्दै आन्तरिक उत्पादनमा विशेष जोडसँग प्याकेजको व्यवस्था, अहिलेकै अवस्थामा प्रदेश आफैले आन्तरिक श्रण उठाउन सक्ने अवस्था नरहेकाले संघीय सरकारले नै सोको व्यवस्था गरिदिनुपर्ने माग संघीय अर्थमन्त्री समक्ष आफूले राखेको मन्त्री बोहराले बताए ।

त्यस्तै प्रदेशभित्र सञ्चालित बिमा कम्पनीको अध्ययन र क्षेत्र विस्तारलगायत अधिकार प्रदेशलाई पनि दिनुपर्ने, पुनर्कर्जाको सीमा एक खर्ब पुर्याउनुपर्ने सुझाव समेत आफूले दिएको प्रदेश अर्थमन्त्री बोहराले बताए । ‘त्यस्तै युवा स्वरोजगारका लागि थप नीतिगत व्यवस्थामा पनि मेरो जोड थियो,’ उनले भने । भूउपयोग नीति वनलगायत नीति पनि समय अनुकूल हुनुपर्ने अनि मात्र दीर्घकालीन विकास लक्ष्य हासिल गर्न सकिने उनले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ३८ अर्ब ४३ करोड ७६ लाख भन्दा ठूलो हुने बताउँदै मन्त्री बोहराले बजेटको सिलिङ विषयगत मन्त्रालयलाई पठाइसकेको जानकारी गराए । साथै विगतमा संघीय सरकारले ससर्त अनुदान वाफतको बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयलाई मात्र दिंदै आएकोमा यसपालि कोभिड १९ का कारण सो बजेट सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, कृषि सहकारी मन्त्रालयलाई पनि दिनुपर्ने माग संघीय अर्थमन्त्री समक्ष प्रदेश अर्थमन्त्री बोहराले राखेका छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)