ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनलाई निरन्तरता दिने सरकारको तयारी*

२०७७ बैशाख, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

वैशाख २३, काठमाडौं  । कोरोना (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको समय थप्न सिफारिस गरेको छ । समितिको यो सिफारिससँगै ४२ दिनदेखि जारी लकडाउन पुनः लम्बिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको उपस्थितिमा मंगलवार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा लकडाउन लम्ब्याउनेबारे छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए ।

उनले लकडाउनलाई कति दिनसम्म निरन्तरता दिने भन्ने विषयमा प्रष्ट नबताए पनि अहिलेको अवस्थामा लकडाउन प्रभावकारी कदम भएको बैठकले निष्कर्ष निकालेको र लकडाउन बढ्ने बताए ।

उनका  अनुसार लकडाउनको समय कति दिन थप गर्ने भन्ने विषयमा भने बुधवार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने छ । ‘अहिले सरकारले जुन नीति अख्तियार गरेको छ, जुन बाटो तय गरिएको छ, यो सही छ भन्ने छलफलबाट निष्कर्ष निकालियो, लकडाउन निरन्तर रहन्छ, थप निर्णय सधैं झंै मनित्रपरिषद् बैठकबाट हुनेछ,’ उनले भने ।  

कोरोना भाइरस संक्रमण विस्तार रोक्न सरकारले गते चैत ११ गते देखि लकडाउन लागू गरेको थियो । पछिल्लोपटक थपिएको लकडाउनको अवधि  वैशाख २५ गते सकिँदैछ ।

पहिलोपटक  चैत १८ गतेसम्म लकडाउन घोषणा गरिएकोमा १६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले २५ चैतसम्मका लागि अवधि बढाएको थियो । 

त्यसपछि, चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ३ वैशाखसम्मको अवधि थप गरेको थियो । यस्तै वैशाख २ गतको बैठकले बसेर लकडाउनको अवधि १५ वैशासम्म र वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २५ सम्म लकडाउनको अवधि थपेको थियो ।

आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान भने आउँदो २ जेठसम्म बन्द गर्ने निर्णय यसअघि नै भइसकेको छ । 

उच्च स्तरीय समितिको सोमबारको बैठकमा बैशाख २५ गतेपछि लकडाउनको स्वरुप परिवर्तन गर्ने विषयमा छलफल भएपनि स्वरुप परिवर्तनबारे अझै स्पष्ट धारणा बाहिर आएको छैन् ।

हालसम्म नेपालमा ८२ जनामा कोरोना संक्रमण देखिएकोमा १६ जना उपचारपछि निको भई घर फकिएका छन् भने ६६ जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सात प्रदेश मध्ये कर्णाली प्रदेश बाहेक अन्य प्रदेशका कारोना संक्रमण देखिएको छ । 

*अद्यावधिक गरिएको

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)