ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना बीमाप्रति आकर्षण जारी  

१५ दिनमा साढे ३३ हजारले गरे बीमा, पौने २ करोड बीमाशुल्क संकलन

२०७७ बैशाख, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
बीमा समितिमा आयोजित एक कार्यक्रममा उक्त समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले वैशाख ७ गते पहिलो बीमालेख खरीद गरेको फाइल फोटो ।
author avatar मिलन विश्वकर्मा

काठमाडौं । वैशाख ७ गतेदेखि शुरू गरिएको कोभिड–१९ बीमालेख (कोरोना बीमा)प्रति आम मानिसको आकर्षण झन् बढ्दै गएको छ । कोरोना भाइरसको त्रास बढ्दै गएकाले पछिल्लो समय यस बीमाप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको हो ।

नेपाल बीमक संघका अनुसार कारोबार शुरू भएको १५ दिनमा नै ३३ हजार ४६३ जनाले यो बीमा गरेका छन् । कोरोना बीमाको औपचारिक व्यवसाय शुरू गरेको सोमवार १५ दिन पुगेको छ । बीमक संघले तयार गरेको सोमवारसम्मको तथ्यांकले यस्तो देखाएको छ ।

बीमक संघका अनुसार पारिवारिक र व्यक्तिगत गरी कुल २ हजार २८० बीमालेखमार्पmत ३३ हजार ४६३ मानिस बीमालेखको दायरामा आएका हुन् । यी बीमितबाट कुल रू. १ करोड ८१ लाखभन्दा बढी बीमा शुल्क उठेको छ ।

व्यवसायको पहिलो हप्तामा कम्पनीहरूले ५० लाखको हाराहारीमा बीमाशुल्क संकलन गरेका थिए । व्यवसाय शुरू भएको २ हप्ता बित्दा त्यो बीमाशुल्क तेब्बर बढेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले पछिल्ला दिनहरूमा यस बीमाप्रति आम मानिसको आकर्षण झन् बढ्दै गएको आर्थिक अभियानसँग बताए ।

नेपालमा पनि कोरोना भाइरसको जोखिम बढ्दै गएपछि बीमा समितिले बीमक संघसँगको सहकार्यमा वैशाख ४ गते उक्त बीमालेख जारी गरेको थियो ।

वैशाख ७ गतेदेखि यसको कारोबार शुरू गरिएको थियो । समितिले लघुबीमाअन्तर्गत यो पोलिसी ल्याएकाले निर्जीवन बीमा कम्पनीहरूले लघुबीमा पुलमार्पmत यसको कारोबार गर्दै आएका छन् । त्यसको संयोजन नेपाल बीमक संघले गरेको छ भने बीमालेख इस्यु म्यानेजर शिखर इन्स्योरेन्स रहेको छ ।

तथ्यांकअनुसार यस व्यवसायमा शिखर इन्स्योरेन्सले सबैभन्दा बढी बीमाशुल्क संकलन गरेको छ । शिखर इन्स्योरेन्सले ७ हजार ९३४ जनाको बीमा गराएर ४२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । दोस्रो नम्बरमा रहेको एनएलजी इन्स्योरेन्सले ३ हजार ६२४ जनाको बीमा गराएर रू. १७ लाख ९१ हजार बीमाशुल्क संकलन गरेको छ । तेस्रो इन्स्योरेन्समा रहेको २ हजार ९१२ जनाको बीमा गराएर रू. १७ लाख ३० हजार बीमाशुल्क संकलन गरेको छ । तर, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले भने हालसम्म यसको कारोबार गर्न सकेको छैन ।

पुलमार्फत यो कारोबार गरिएकाले यसबाट हुने व्यवसाय सबै निर्जीवन बीमा कम्पनीहरूलाई बराबर बाँडफाँट गरिनेछ । संघका अनुसार पुनर्बीमामार्पmत नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत व्यवसाय पाउनेछ । बाँकी रहेको ८० प्रतिशत जोखिम अर्थात् व्यवसाय भने २० निर्जीवन बीमा कम्पनीहरूलाई बराबर रूपमा विभाजन गरिने बताइएको छ ।

हाल निर्जीवन बीमा कम्पनीहरूले अधिकांश मात्रामा अनलाइनमार्फत नै यस बीमालेखको विक्री गरिरहेका छन् । लकडाउनका कारण फिल्डमै गएर यसको कारोबार गर्न चुनौती देखिएको कम्पनीहरूको भनाइ छ । फिल्डमा नै गएर विक्री गर्न पाए थप मात्रामा बीमितको संख्या बढ्ने संघका महासचिव चंकी क्षत्री बताउँछन् ।

यद्यपि, पछिल्लो समय यसको व्यवसाय बढ्दो क्रममा रहेको उनको भनाइ छ । ‘पछिल्लो समय कोरोना बीमाप्रति आम मानिसको आकर्षण झन् बढ्दै गएको छ । यसले बीमा कम्पनीहरूलाई हौसला दिएको छ,’ उनले भने, ‘आगामी दिनमा यसलाई अझ चुस्त रूपमा अगाडि बढाउँछौं ।’

बीमा कम्पनीहरूले अनलाइनमार्फत यो बीमालेख किनबेच गर्न मिल्ने व्यवस्था गरेका छन् । विभिन्न वालेटमार्फत यसको बीमा शुल्क भुक्तानी गर्न सकिने व्यवस्था पनि गरिएको छ । साथै, कुनै व्यक्तिले आफ्नो नाम, ठेगानासहित सम्बद्ध बैंक खातामा पैसा जम्मा गर्नेबित्तिकै निजको स्वतः बीमा हुने व्यवस्था पनि गरिएको छ ।

बीमालेखअनुसार आम मानिसले रू. १ लाख र रू. ५० हजारको बीमांकमा यस्तो बीमा गर्न सक्छन् । रू.१ लाख बीमांक बीमा गर्दा प्रतिव्यक्ति रू. १ हजार र रू. ५० हजारको बीमांक बीमा गर्दा प्रतिव्यक्ति रू. ५०० बीमा शुल्क लाग्नेछ । परिवारका सदस्य र संस्थाका कर्मचारीको संयुक्त रूपमा बीमा गर्दा प्रतिव्यक्ति ४० प्रतिशत छूट दिइने व्यवस्था पनि गरिएको छ ।

बीमालेखअनुसार बीमित व्यक्ति कोरोना भाइरस संक्रमित भएको पुष्टि हुनासाथ बीमांक बराबरको रकम भुक्तानी गरिनेछ । यद्यपि, त्यसमा दाबी १५ दिनको प्रतीक्षा अवधि भने लागू हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)