ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ठूला पर्यटकीय आयोजनाका लागि लगानीमा साझेदारीको नीति

२०७७ बैशाख, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । संघीय सरकारले यसपटक साना योजनाभन्दा ‘लगानीमा साझेदारी र प्रतिफलमा हिस्सेदारी’को नीति अनुसार ठूला पर्यटकीय आयोजना अघि बढाउने भएको छ । मन्त्रालयले आयोजनाको दिगोपनका लागि तीनै तहको सरकारका बीच यो नीति अनुरूप आगामी वर्षको बजेट निर्माणको सोच बनाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए ।

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट तथा नीति तथा कार्यक्रमका सन्दर्भमा मंगलवार संघीय संसद्मा रहेका विपक्षी दलका नेताहरूसँग भएको छलफल तथा सुझाव लिने कार्यक्रममा मन्त्री भट्टराईले टुक्रे आयोजनामा बजेट खर्च गर्दा प्रतिफल कम आउने र स्थानीय सहभागिता नहुँदा आयोजना बेवारिसे बन्ने गरेको बताए ।

विपक्षी दलका सांसदहरूले कोरोना भाइरसले पर्यटन क्षेत्रमा ठूलो असर गरेकाले पुनःस्थापनाका कार्यक्रम समावेश गर्न सुझाव दिएका छन् । उनीहरूले रोजगारी सृजना तथा भएका उद्योगहरूको संरक्षण अहिलेको प्राथमिकतामा पर्नुपर्ने बताए ।

नेपाली कांग्रेसका नेता तथा कांग्रसले गठन गरेको छाँया सरकारका पर्यटनमन्त्री देवेन्द्रराज कँडेलले पर्यटन क्षेत्रको समद्धिका लागि योजना ल्याउनुपर्ने बताए । नेता कँडेलले भ्रमण वर्ष २०२० स्थगित भएको सन्दर्भमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रम समावेश गर्न सुझाव दिए । छलफल कार्यक्रममा नेमकिपाका तर्फबाट प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका तर्फबाट दुर्गा पौडेल र राजपाका तर्फबाट अमृतादेवी अग्रहरीले पर्यटनलाई पुनःस्थापित गर्नेगरी कार्यक्रम ल्याउन सुझाव दिए ।

मन्त्री भट्टराईले सांसदहरूबाट प्राप्त सुझावलाई सकेसम्म सम्बोधन गर्ने बताए । धेरैको माग नयाँ विमानस्थल निर्माणमा रहेको उल्लेख गर्दै मन्त्री भट्टराईले मन्त्रालयको सोच नयाँ विमानस्थलहरू औचित्य, आवश्यकता र व्यावसायिकता आधारमा निर्माण गर्ने रहेको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)