ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारले सहयोग नगरे ६ महीनापछि श्रमिक कटौती गर्छौं : होटल संघ  

२०७७ बैशाख, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

वैशाख २५, काठमाडौं । नेपालको होटल क्षेत्रमा झण्डै ११ लाख कर्मचारी तथा श्रमिकहरु कार्यरत छन् । लकडाउनका कारण होटल व्यवसाय नै बन्द हुँदा श्रमिकहरुको पारिश्रमिकका साथसाथै रोजगारीसमेत संकटमा पर्ने देखिएको छ ।

 होटेल व्यवसायीहरुको छाता संगठन होटल संघ नेपाल (हान) ले सरकारले सहयोग नगरे ६ महीनामा परिस्थितिको समिक्षा गरी व्यवसाय बन्द गर्ने र श्रम ऐन २०७४ अनुसारको प्रक्रिया पूरा गरी श्रमिक कटौती गर्ने निर्णय गरेको छ ।

हानका महासचिव साजन शाक्यले यस्तो जानकारी दिएका छन् । लकडाउनका कारण होटल व्यवसाय ठप्प भएपछि ६ महीनाका लागि सबै होटलहरु बन्द गर्ने निर्णय गरेको हानले बिहीवार आधिकारीक धारणा सार्वजनिक गरेको छ ।

६ महीनाको अवधिमा पर्यटकहरुको आगमन शुन्य हुने र सञ्चालन गर्दा खर्च धान्न नसकिने भएकोले पोखरा, चितवन, भैरहवा, नेपालगञ्जमा रहेका हान च्याप्टरहरुको सल्लाह सुझावअनुसार यस्तो निर्णय गरिएको हो । 

उनले हानसँग सदस्यता लिएका ३ हजार ५०० होटलहरु ६ महीनासम्म बन्द गरिने निर्णय गरिएको बताए । यसैगरी होटलहरुमा कार्यरत कर्मचारी तथा श्रमिकहरुलाई लामो समयसम्म पारिश्रमिक व्यवस्थापन गर्न कठिनाइ हुने देखिएको जारी विज्ञप्तिमा उल्लेख छ । 

कर्मचारीहरुको आधारभुत तलबमानको १२ दशमलव ५ प्रतिशतले हुन आउने रकम प्रतिष्ठानमा विगतमा मौज्दात रहेको सेवा शुल्कवापतको प्राप्त रकमसमेत थपेर प्रतिष्ठानले ६ महीनासम्म दिने विज्ञप्तिमा उल्लेख छ । 

उनले संघले माग गरेअनुसार रोजगारी संरक्षण कोष स्थापना गरी सरकारको तर्फबाट कार्यरत श्रमिकको लागि रकम उपलब्ध गराई तत्काल सम्बोधन गर्न माग गरिएको बताए । यी मागहरु सम्बोधन नभए कर्मचारी कटौती र व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने संघले भनेको छ ।


Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)