ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धरासयी बनेको पोखराको पर्यटन :  पुनर्जीवित गर्ने विकल्प खोज्दै व्यवसायी

२०७७ बैशाख, २५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar नरहरि पौड्याल

वैशाख २५, कास्की । सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लकडाउन जारी राखेपछि कास्कीको पर्यटन क्षेत्र ठप्प भएको छ । यहाँको पर्यटनमात्र होइन लकडाउनसँगै उद्योग, कलकारखाना, विद्यालय, कलेज, होटल लगायतका सवै व्यवसायिक प्रतिष्ठानहरु सुनसान बनेका छन् ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढेसँगै सधैंभरि विदेशी पर्यटकले भरिभराउ हुने पोखरा लेकसाईड क्षेत्र सुनसान बनेको छ । कोरोना संक्रमणको संन्त्रास फैलिएपछि आन्तरिक तथा बाह्यि पर्यटक आगमन ठप्प भएपछि यहाँको पर्यटन व्यवसाय धरासयी भएको हो ।चारवर्ष अघि विनाशकारी भूकम्पले थलापरेको पर्यटन बजार बिस्तारै तंग्रिन लागेको अवस्थामा कोरोनाले पर्यटन व्यवसाय झनै थला पर्न थालेको पर्यटन व्यवसायी बताउँछन् ।

नेपालमा मार्च, अप्रिल र मे महीनालाई पर्यटकीय मौसम मानिन्छ । विदेशी पर्यटकहरुको चहलपहल हुने यही समयमा पर्यटन व्यवसायीहरु पर्यटकमै अत्याधिक निर्भर हुने गर्दछन् । तर, यतिबेला विश्वव्यापी रुपमाका फैंलिएको कोरोना भाइरसका कारण पर्यटन क्षेत्र नराम्ररी थला परेको छ । 

मुख्यसिजनमै महावारी फैलिएपछि व्यवसायी चिन्तित मात्र बनेका छैनन्, सरकारले घोषणा गरेको भ्रमण वर्ष पनि स्थगित भएपछि व्यवसायीहरु झनै अन्योलमा परेका छन् ।

भ्रमण वर्ष घोषणा  भएपछि पोखराको पर्यटन क्षेत्र अझ फस्टाउने व्यवसायीको अपेक्षा  पनि निराशामा परिवर्तन भएको छ ।लामो समयदेखि पर्यटन क्षेत्रमा लगानी गरेका दर्जनौ व्यवसायीले पर्यटनसंग सम्बद्ध विभिन्न क्षेत्रमा ठूलो लगानी समेत गरेका थिए ।

तर, व्यवसायीले गरेको अपेक्षा भन्दा ठीक उल्टो भएपछि  उनीहरु अव के हुने हो भन्ने अन्योलमा रहेका छन् ।पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले कोरोनाका कारण पर्यटन व्यवसाय धरापमा परेको बताए ।

 डेढ महीनासम्म लामो लकडाउन पार गर्दासमेत कहिलेसम्म व्यवसायिक वातावरण बन्ने भन्ने कुनै गुन्जायस नै नभएपछि  यसले व्यवसायीलाई ठूलो धक्का लाग्ने उनी बताउँछन् । 

‘होटल रेष्टुरेण्ट लकडाउनका कारण बन्द छन्, लेकसाइड पर्यटक विहीन अवस्थामा छ, कर्मचारीलाई उचित किसिमको व्यवस्थापन गर्न सकिएको छैन’, उनले भने । 

‘पर्यटन व्यवासाय ठप्प भएका कारण यसले कालान्तरसम्म ठूलो प्रभाव पार्ने निश्चित छ, ठूलो आर्थिक लगानीमा सञ्चालित पर्यटन वयवसाय लयमा फर्कन वर्षौं लाग्न सक्छ’, उनले भने ।अध्यक्ष तुलाचनले पर्यटन व्यसायीको पीडा कम गर्नका लागि सरकारले आर्थिक राहतको प्याकेज बनाएर ऋणलाई कम्तीमा ५ वर्ष थप्नुपर्ने बताउँछन् ।

‘ब्यवसायीले ५ बर्ष सम्ममा ऋण तिर्ने गरी सरकारले व्यवस्था गरिदिएको अवस्थामा ब्व्वसायीलाई किस्ता तिर्नमा सहयोग पुग्छ’, उनले भने । होटलहरुको विद्युत् महसुल, विभिन्न करमा समेत राज्यले छूट दिनुपर्ने अध्यक्ष तुलाचनले बताए । 

‘पर्यटन व्यवसायमा आश्रित श्रमिकलाई उद्योगधन्दातर्फ व्यवस्थापन गर्न सकियो भने पर्यटन व्यवसायी र श्रमिक दुवैलाई राहत मिल्छ’, उनले भने ।पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपी बहादुर भट्टराईले पर्यटन व्यवासयको मुख्य चुनौतिका रुपमा कर्मचारीको उचित व्यवस्थापन र बैंकबाट लिएको ऋण भुक्तानी रहेको बताए । 

‘पर्यटन क्षेत्रका विभिन्न ब्यवसायीक प्रतिष्ठानमा लामो समयदेखि आबद्ध रहेका कर्मचारीका कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा व्यवसायी रहेका छन्’, उनले भने ।‘  उनका अनुसार व्यवसायीहरु विभिन्न बैक तथा वित्तीय संस्थाबाट लिएको ऋणको मासिक कर्जा कसरी तिर्ने भन्नेमा चिन्तामा छन् ।


उपाध्यक्ष भट्टराईले लगानीलाई कसरी सुरक्षित गर्ने भन्नेतर्फ व्यवसायी केन्द्रित भएको बताए । उनले संकटका बेला व्यवसायीको आर्थिक सुरक्षाका लागि राज्यले सुक्ष्मरुपमा अध्यायन गरेर संबोधन गर्नुपर्ने पनि बताए । 

‘सरकारले पछिल्लो समयमा व्यवसायी सुरक्षाका लागि भन्दै ल्याएको बजेट केटाकेटीलाई ललिपप देखाए जस्तै हो’, उनले भने । उनले कोरोना भाइरसको संक्रमण फैलिएसंगै व्यवसाय बन्दहुँदा व्यवसायीलाई बिहानबेलुका हातमुख जोर्न सकस भएको बताए ।

‘व्यवसायीको जीविकोपार्जन गर्ने मुख्य आधार नै यही व्यवसाय हो, व्यवसायनै धरापमा परेपछि कसरी बैंकको ब्याज, स्टाफखर्च कसरी तिर्ने ?, कसरी भाडा र दैनिकी चलाउने ?’

पर्यटन व्यवसायीहरु पर्यटन व्यवसाय माथि उठाउन सरकारले बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरेर सहजरुपमा सहुलियत ऋण प्रवाह गर्नुपर्ने बताउँछन् । 

‘यदि सरकारले व्यवसायीलाई सहुलियत रुपमा ऋण कर्जाको व्यवस्था नगर्ने हो भने धेरै पर्यटन व्यवसायी विस्थापित हुनुपर्ने अवस्था आउन सक्छ’ उनले भने । ‘राज्यबाट हामीले मागेका मात्र छैनौं, सरकारलाई आवस्यक सहयोग समेत गर्न तयार छौं, लकडाउन खुलेपछि सरकारको नीति अनुसार व्यवसाय सञ्चालन गर्न व्यवसायीहरु तयार हुन्छन्’, उनले भने ।

पर्यटन व्यवसायीहरु कृषि उत्पादन र कृषि क्षेत्रको प्रबद्र्धनमा जस्तै  गरी सकारले पर्यटनन व्यवसायमा पनि सहयोग वा अनुदानको व्यवस्था गर्नुपर्ने बताउँछन् ।
पर्यटन टास्क फोर्सका सदस्य टिकाराम सापकोटाले कोरोना भाइरसको पहिलो प्रभाव पर्यटन क्षेत्रमा परेको बताए ।  

उनले गण्डकी प्रदेश सरकारले गठन गरेको टाक्स फोर्सले प्रदेशको पर्यटन क्षेत्रमा लगानी, रोजगारी र पर्यटन क्षेत्रबाट सरकारले गर्ने आन्दानी लगायतका बिषयमा सर्वेक्षण गरिरहेको बताए ।

टास्क फोर्सले एकहप्ता भित्र पर्यटनसँग सम्बन्धित सर्वेक्षेण सकेर निजी क्षेत्रको लगानीलाई सुरक्षित हुने गरी प्रतिबेदन तयार पार्ने उनले बताए । ‘पर्यटन क्षेत्रलाई माथि उठाउने योजना सहितको प्रतिबेदन तयार गर्दैछौं’, सापकोटाले भने । ‘
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)