ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

होटल बन्द गर्ने निर्णय गलत हो, पुनर्विचार गर्नुपर्छ : पर्यटन मन्त्री

यो विषम परिस्थितिमा होटल सञ्चालन गर्न सकिदैन : हान 

२०७७ बैशाख, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

वैशाख २५, काठमाडौं  । कोरोना भाइरस (कोभिड– १९) को कारण होटल क्षेत्रमा सञ्चालन गर्ने अवस्था नरहेको भन्दै होटल संघ नेपाल (हान) ले होटलहरु बन्द गर्ने निर्णयलाई  पर्यटन मन्त्रालयले भने गलत भन्दै निर्णयमा पुनर्विचार गर्न भनेको छ । 

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले परिस्थती प्रतिकुल भएपनि भएपनि बन्द नै गर्ने निर्णय गलत भएको भन्दै पुनर्विचार गर्न व्यवसायीलाई आग्रह गरेका छन् ।

आगामी वर्षको बजेटका सन्र्दभमा पर्यटन पत्रकारहरुसँग सिंहदरबारमा छलफल गर्दै मन्त्री भट्टराईले कुनैपनि पर्यटन व्यवसायीले श्रमिकलाई कामबाट निकाल्न नपाउने समेत बताए । 
उनले असहज परस्थितीमा सरकार, व्यवसायी र मजदूर सबै मिलेर नै समस्याको निकास निकाल्नु पर्ने बताए ।

 ‘कुनै पनि व्यवसायीले श्रमिकलाई अहिले बेदखल गर्न पाइँदैन, उहाँहरुको सामाजिक सुरक्षा कोष पनि छ’, उनले भने, ‘होटल र अन्य कतिपय व्यवसायबाट प्राप्त गर्नुपर्ने विशेष सुविधाहरु पनि छन्, सरकारले पनि त्यसमा हेर्छ,आान्दोलन गरे जस्तो गरी होटल बन्दको घोषणा गर्नु राम्रो होइन । ’

हानले कोरोना महामारीको कारणले नेपालमा केही समयसम्म विदेशी पर्यटकहरू आउने अवस्था नहुँदा यो अवस्थामा होटल खुला राखी सञ्चालन गर्नुमा कुनै आधार नभएको र खर्चका शीर्षकहरू निरन्तर बढीरहने भएकोले सदस्य होटलहरूको आकस्मिक बैठक तथा देशैभरिका तारे होटल, पर्यटकीय होटल, बुटिक होेटल, रिसोर्टका प्रतिनिधिहरुको  निर्णयले गत वैशाख १  गतेबाट लागू हुने गरी ६ महीनाका लागि होटल बन्द गर्ने निर्णय गरिसकेको छ ।

होटल संघको यो निर्णयप्रति होटलसँग सम्बिन्धित विभिन्न श्रमिक संगठनहरुले भने विरोध गरिसकेका छन् । मन्त्री भट्टराईले कोरोनाको कारण होटल व्यवसायमा परेको क्षति कम गर्न सरकारले आउने बजेटमा व्यवसायी र श्रमिकको हितमा केही पुर्नस्थापना प्याकेजहरु ल्याउने तयारी गरेको जानकारी दिए । 

उनका अनुसार मन्त्रालयले निश्चित रकमसम्म व्यवसाय सुचारु गर्नका लागि विनाधितो सहुलियत दरको कर्जा सुविधा, पुरानो ऋणको पुनर्तालिकीकरण, मूल्य अभिवृद्धि कर तथा अन्य करमा छूट दिने लगायतका राहत प्याकेज मार्फत सहयोग गर्न सकिने छ । 

भ्रमण वर्ष– २०२० स्थगित भइसकेको सन्दर्भमा सन् २०२१ देखि २०३० सम्मलाई पर्यटन दशकको रुपमा मनाउने गरी कार्यक्र घोषणा गरिने समेत मन्त्री भट्टराईले बताए । 
उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट मार्फत १० वर्षे रणनीति घोषणा गर्न लागिएको बताए । 

‘पर्यटन तत्काल पहिलेको अवस्थामा आउने देखिंदैन, त्यसैले सन २०२० लाई सर्भाइभको वर्ष, २०२१ लाई रिभाइभ र २०२२ पछिका वर्षहरुलाई नर्मल पोजिसनको वर्षको रुपमा पुर्नस्थापित गर्ने गरी लिएर काम अगाडि बढाइने छ’, उनले भने । 

आगामी बजेटमा अनावश्यक खर्च कटौती गर्दै लगानीका लागि साझेदारी प्रतिफलमा हिस्सेदारी भन्ने सोच सहित तीन ओटै तहको सहभातिामा पर्यटन योजना अगाडि बढाइने उनले बताए । यसका लागि प्रत्येक प्रदेशमा कम्तिमा एक ठाउँलाई मुख्य पर्यटन गन्तव्यको रुपमा विकास गर्न साझेदारीमा लगानी गर्ने सोच रहको मन्त्री भट्टराईले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)