ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीकोे बेग र पञ्चासेमा असिनापानीले खेतीबाली र भौतिक संरचनामा क्षति

२०७७ बैशाख, २६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

वैशाख २६, म्याग्दी । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र २ नं.वडा भगवतिको पञ्चासेमा असिनापानीले खेतीबाली र भौतिक संरचनामा क्षति पुर्‍याएको छ । बुधवार दिउँसो परेको असिनापानीले पाकेर भित्र्याउने बेला भएको गहुँ, मकै, सुन्तला, जौ, उवा लगायत हिउँदे बाली असिनाले चुटेर नष्ट गरेको हो । 

मकै, सिमि लगायत बर्खेबालीका बिरुवा, तरकारी र सुन्तला लगायत फलफूल खेतीमा पनि असिनाले क्षति गरेको पञ्चासेका झलक आचार्यले जानकारी दिए । असिनाले ९० प्रतिशत खाद्यान्नबाली नष्ट गरेपछि कृषकहरु निराश भएका छन् ।

यसैगरी गाउँपालिकाले बिहीवार असिनापानिले क्षती पुर्‍याएको ठाउँमा स्थलगत अनुगमन गरेको छ । गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, योजना शाखाका संयोजक दयाराम पौडेल, कार्यपालिकाका सदस्य, कर्मचारी र सुरक्षाकर्मीको सहितको टोलीले स्थलगत अनुगमन गरेर क्षतीको विवरण संकलन गरेको छ ।

राहत व्यवस्थापनका लागि शुक्रवार कार्यपालिकाको बैठकको आह्वान गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए । अध्यक्ष भण्डारीका अनुसार कार्यपालिकाको बैठक बसेर क्षतिको आधारमा राहत व्यवस्थापनको निर्णय गर्नेछ । उनका अनुसार बुधवार साँझ चिमखोला जाने बाटो मर्मत गरेर सडक सुचारु गरिएको छ ।

कालिगण्डकी करिडोर आयोजनाले बेनी –जोमसोम करिडोर अन्तर्गत बेगखोला बाढीले अवरुद्ध सडक मर्मत गरेको छ ।

‘स्थलगत अनुगमन गरी बुधबार दिउँसो परेको असिनापानीले तरकारीखेती र भौतिक संरचनामा पुर्‍याएको क्षतीको विवरण संकलन गरेका छौं,’ अध्यक्ष भण्डारीले भने, ‘शुक्रवार (आज) बस्ने कार्यपालिकाको आकस्मिक बैठकले क्षतिकोे आधारमा राहत व्यवस्थापनको बारेमा निर्णय गर्नेछ ।’

यसअघि पनि वैशाखको १ गते राति रघुगंगा गाउँपालिकाको भगवती, पिप्ले, दग्नाममा परेको असिनापानीले खेतिबाली र भौतिक संरचनामा क्षति गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)