ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०९ पुग्यो

२०७७ बैशाख, २७  
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

वैशाख २७, काठमाडौ । नेपालमा थप सात जनामा शनिवार कोरोना संक्रमण पूष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परिक्षणमा सात जनामा कोरोना संक्रमण पूष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार उदयपुर भुल्के निवासी १८,४५ र ६५ वर्षिया महिलाहरु,कपिलवस्तु निवासी एक जना १७ वर्षिया र २ जना १८ वर्षिया पुरुषहरु र पर्सा जिल्ला छपकैया निवासी ६५ वर्षिया पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)