ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कालापानी– लिपुलेक सडकबारे बल्ल बोल्यो परराष्ट्र मन्त्रालय

नेपालको भूभागभित्र यस्ता कुनै गतिविधि नगर्न सचेत

२०७७ बैशाख, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

वैशाख २७, काठमाडौं । नेपालले भारतद्वारा नेपालीभूमि हुँदै एकतर्फी रूपमा चीन जोड्ने सीमासडक निर्माण गरेकोेमा विरोध गरेको छ । नेपालीभूमि हुँदै सडक निर्माण गरेको विषयमा परराष्ट्र मन्त्रालयले शनिवार औपचारिक प्रतिक्रिया दिंदै सो कार्य दुई देशबीचको समझदारीको विपरीत रहेको  बताएको छ ।

भारतले उत्तराखण्डदेखि नेपालीभूमि प्रयोग गर्दै लिपुलेक जोड्ने सीमासडक निर्माण गरी  शुक्रवार उट्घाटन समेत गरेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले उक्त सडकको शुक्रवार अनलाइन मार्फत उद्घाटन गरेका थिए ।

नेपाल सरकारले भारतलाई नेपालको भू–भागभित्र यस्ता  कुनै गतिविधि नगर्न पनि सचेत गराउँदै दुई देशबीचको घनिष्ठ र मैत्री सम्बन्धको भावना राख्दै ऐतिहासिक सन्धि, दस्तावेज, तथ्य र नक्साको आधारमा सीमा मुद्दाहरूको कूटनीतिक समाधान खोज्न आग्रह गरेको छ । 

परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत महाकालीपूर्वका लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपाली भूभाग रहेको स्पष्ट पारेको छ । ‘सन १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत काली ‘महाकाली’ नदीपूर्वका भूभागहरू नेपालका हुन भन्नेमा नेपाल सरकारले पटक–पटक स्पष्ट पार्दै आएकोमा यसपटक पनि जोड दिन चाहन्छ’, मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा पछिल्लो समय भारतले नेपाली भूमीलाई समेटेर एकतर्फी रूपमा जारी गरेको नक्साको जवाफमा गत नोभेम्बर २० मा नेपालले कूटनीतिक नोटमार्फत भारतलाई जानकारी पनि दिइसकेको उल्लेख गर्दै नेपालले समस्याको समाधान वार्ताबाट खोज्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

भारत र चीनबीच सन २०१५ मे १५ मा लिपुलेकलाई द्विपक्षीय व्यापारमार्ग बनाउने सहमतिको नेपालले विरोध गरेको स्मरण गर्दै विज्ञप्तिमा नेपालले भारत र चीनलाई बेग्लाबेग्लै कूटनीतिक नोट पठाएर विरोध जनाएको पनि उल्लेख छ । 

नेपाल सरकारले दुई देशबीचको बाँकी रहेको सीमा समस्याहरू कूटनीतिक माध्यमबाट सुल्झाउनुपर्नेमा जोड दिंदै आएको उल्लेख गर्दै विज्ञप्तिमा नेपाल इपीजीको प्रतिवेदनका सिफारिसका आधारमा बाँकी मुद्दा समाधान गर्न प्रतिक्षारत रहको उल्लेख गरेको छ । 

भारतले पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी कुल ७८ किलोमिटर लामो सो सडक निर्माण गरेको छ । उक्त सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्दछ ।

 यसैबीच भारतले नेपाली भूमि हँदै निर्माण गरेको उक्त सड्कको विषयलाई लिएर शनिवार माइतीघरमा युवाहरुले प्रर्दशन गरेका छन् । प्रर्दशनमा रहेका केहि युवाहरुलाई प्रहरीले पक्राउ पनि गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)