ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नगदे बाली खेती गर्ने किसानलाई ८० प्रतिशत अनुदान

२०७७ बैशाख, २८  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विनोद लम्साल

वीरेन्द्रनगर । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगदे तथा मौसमी बाली खेती गर्ने किसानलाई बिउबीजनमा ८० प्रतिशत अनुदान दिने निर्णय गरेको छ ।  आइतवार नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड १९)को कारण देश लामो समय बन्दाबन्दीमा रहेकाले कृषिक्षेत्र पनि प्रभावित हुने भएकाले चालू आर्थिक वर्षमा नगदे बाली तथा मौसमी खेती गर्ने किसानलाई उक्त अनुदान दिने निर्णय गरिएको नगरपालिकाले बताएको छ ।

बन्दाबन्दीको कारण विभिन्न बालीको खेती गर्न बीउबिजन, मल प्राप्त गर्न कठिनाइ हुने कृषकका लागि चालू आर्थिक वर्षका विभिन्न तालीम गोष्ठी आन्तरिक भ्रमण र चालू खर्चतर्फका योजना कटौती गरी किसानलाई अनुदान दिन लागिएको नगरपालिकाले बताएको छ । ‘धान, मकै, बोडी, फर्सी,लौका, सिमी, चिचिण्डा, घिरौंला लगायत मौसमी तरकारी बालीको बीउबिजनहरूमा अनुदान दिने निर्णय भएको छ,’ नगरपालिका उपप्रमुख मोहनमाया ढकालले भनिन्, ‘यस्तै मल तथा विषादीमा ५० प्रतिशत अनुदान दिनेछौं ।’ नगरपालिकाका विभिन्न क्षेत्रमा व्यावसायिक फलफूल खेती गर्न चाहने व्यक्ति तथा फार्महरूले कम्तीमा ३०० बिरुवा रोप्नेगरी आफ्नै जग्गाको व्यवस्थापनसहित प्रस्ताव पेश गरेमा कम्तीमा ५० प्रतिशत अनुदानमा निर्णय भएको समेत उनले बताइन् । यस्तै कृषि कार्य र विकास निर्माणका कार्य गर्न सम्भव नभई खाद्य संकट रहेका मजदूरलाई नगरपालिकाले राहत उपलब्ध गराउने भएको छ । खोलानालामा गिट्टी कुट्ने र बालुवा चाल्ने मजदूरलाई भौतिक दूरी कायम गरी काम निरन्तरता दिने र उनीहरूलाई ज्याला पाउने यवस्था गरी राहत उपलब्ध नगराउने निर्णय गरिएको नगरपालिका कार्यालयले बताएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)